Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
अर्थ/विकास

प्युठानमा पानी परियोजना

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सरोकारवालालाई जानकारी गराईएको छ । उक्त परियोजना प्युठान जिल्लाका साविकका ३१ वटा गाविसमा सञ्चालन गर्न लागिएको हो ।

खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ नेपाल प्युठानको आयोजनामा भएको गोष्ठिको उद्धेश्य पानी परियोजनाको परिचय तथा जलाधार क्षेत्रको बस्तुगत विवरण (प्रोफाईल) निर्माण प्रक्रियाबारे जलाधार क्षेत्रका सरोकारवाला व्यक्तिहरुका विचमा छलफल गर्ने, जलाधार क्षेत्रका मुख्य मुद्धाहरुको पहिचान गरि लक्षित समुह छलफल र सम्वन्धित जानकारवालासंग अन्र्तवार्ताका लागि सामुहिक छलफल तथा घरधुरी सर्भेक्षण विधि र जलाधार क्षेत्रका संघ संस्था तथा निकायको सुशासन विश्लेषण गर्ने र राम्रा अभ्यासहरुको सुची तयार गर्ने रहेको सिंचाई महासंघ क्षेत्र नं ५ का अध्यक्ष लक्ष्मी प्रसाद राज भण्डारी ले जानकारी गराउनु भएको थियो ।

गोष्ठिको उद्घाटन सत्रमा वोल्दै सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लामा नया परियोजनाको रुपमा भित्रीएको पानी परियोजनालाई  प्युठान जिल्लामा दिगो रुपमा टिकाइ राखी काम गर्न  आग्रह गर्नुभएको छ ।

गोष्ठिमा पानी परियोजनामा प्रयोग हुने प्राविधीक शव्दहरु , जलाधार क्षेत्रका खतरा तथा संकटासन्नता, जलाधार क्षेत्र व्यावस्थापनका विभिन्न विषयगत क्षेत्रसंग सम्वन्धित मुख्य सवालहरु, जलाधार क्षेत्रमा कार्यरत संघ संस्था तथा निकायको विश्लेषण, जलाधार क्षेत्रमा भएका अभ्यासहरुको वारेमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा सरोकावाला निकायका प्रमुख तथा प्रतिनीधि, पानी परियोजना नेपालका प्राविधिक विज्ञ दीपक रिजाल , पानी परियोजनाका जिल्ला कार्यक्रम संयोजक सिता पाण्डे, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

गोष्ठिको सहजीकरण सामुहिक अभियान जनको हित विकास सिद्धान्तको अभियानता बेद सापकोटाले गर्नुभएको थियो ।