२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६०औं सहकारी दिवस प्युठानमा पनि मनाईयो

२०७३, २० चैत्र आईतवार १३:०२

चैत २०,प्युठान । विभिन्न कार्यक्रम गरी सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा सहकारीहरुले मनाएका छन् । 

२०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सहकारी दिवस मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने तय गरिएको छ । 

देशभर विभिन्न विषयका ३४ हजार सहकारी संघ/संस्था रहेका छन् । सहकारीमा संगठित रुपमा आवद्ध झण्डै ६० लाख जनसंख्या मध्ये झण्डै ५१ प्रतिशत महिला रहेको राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल जोशीले जानकारी दिनुभयो । सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक उपार्जन, गरिबी निवारण जस्ता काम भएपछि महिलाहरु आर्थिकरुपमा सशक्त हुने क्रम बढ्दो छ ।  यसैबीच, प्युठानमा पनि विभिन्न कार्यक्रम गरि सहकारी दिवस मनाइएको छ।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजनामा विजुवारमा प्रभातफेरी कार्यक्रम सहित सहकारीहरुबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजयलक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्था जुम्रीमा सहकारी विषयक खुल्ला अन्र्तक्रिया कार्यक्रम गरिएको हो । 

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष जिवलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले जिल्ला संघको भूमिका बढाउनुपर्ने बताएका छन् । उनीहरुले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा बचत तथा ऋणकै कारोबारमा केन्द्रित हुनुपरेको गुनासो गरेका छन् । 

कार्यक्रम जिल्ला बचत सहकारी संघका अध्यक्ष ओमभक्त पण्डितले सहकारीहरु निति, विधि र प्रविधि अनुसार चल्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारी ऐनको दायरा फराकिलो हुन नसकेको र समय सापेक्ष नभएकाले समस्याहरु सृजना भएको बताउनुभयो । 

जिल्ला सहकारी संघले जिल्लाका सहकारीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको संघका अध्यक्ष जिवलाल न्यौपानले बताउनुभयो । उहाँले सहकारीहरुलाई संघमा आवद्ध हुँदै विभिन्न कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभयो । 

जिल्लामा १ सय ९५ सहकारी दर्ता भएका छन् । जसमध्ये ३७ वटा सहकारी निष्क्रियको सूचीमा रहेको डिभिजन सहकारी कार्यालय दाङ घोराहीले जनाएको छ । जिल्लामा बहुउदेशयीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सामाजिक उद्यमी, साना किसान सहकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन