2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले प्यूठानमा ९९ घर निर्माण गरिदिने

चैत २४, प्यूठान । सहरी विकास तथा भवन निर्माण विभागले प्यूठानमा जनता आवास कार्यक्रमअन्तर्गत ९९ वटा घर निर्माण गर्ने भएको छ ।

जिल्लाका फोप्ली, अर्खा, पूजाँ, रजवारालगायत क्षेत्रमा विभागले जनता आवासअन्तर्गत ती घर निर्माण भएको हो। नारिकोट, ओखरकोटलगायत क्षेत्रमा दलित समुदायका लागि ७२ वटा घर निर्माण गरिनेछ । घर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ।

सहरी विकास तथा भवन निर्माण विभागद्वारा निर्माण हुने जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका फोप्लीमा २६, अर्खामा २० र पूजामा १० वटा घर निर्माण गरिने डिभिजन प्रमुख ईश्वर जोशीले जानकारी दिए । 

दलित समुदाय जनता आवास कार्यक्रमअन्तर्गत रजवारामा छ तथा नारीकोट र ओखरकोटमा पाँच/पाँचवटा घर निर्माण गरिने छ ।

त्यस्तै जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा वादी तथा गन्धर्व समुदायका लागि बाङ्गेसालमा १२ र रस्पुरकोटमा १५ वटा घर निर्माण गरिने जोशीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द