२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक पुगेपछि बैतडीको तल्लोस्वराडमा आर्थिक गतिविधि बढ्यो

२०७३, २८ चैत्र सोमबार १२:१९

विनोद सिंह विष्ट/चैत २८, बैतडी । केही वर्षअघिसम्म आफू नेपाली हो कि होइन भनेर अलमलमा पर्ने गरेका बैतडीको दुर्गम तल्लोस्वराडवासीको जीवनशैली सडक सञ्जाल विस्तार भएसँगै फेरिएको छ । 

भारतसँग सीमा जोडिएको तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भएपछि भारतको निर्भरतालाई पनि हटाएको छ । पाटन–पञ्चेश्वर सडकका साथै शिवनाथबाट भारतसँग सीमा जोडिएको नाका नागार्जुन घाट र देहिमाण्डौदेखि गिरेगाडासम्म सडक पुगेपछि भारतको निर्भरता हटेको हो । 

यसअघि, नेपालबाट कुनै पनि सामान गाउँसम्म लैजान सडक थिएन । भारतबाटै दैनिक उपभोग्य सामान समेत किन्ने गरेकामा अब त्यो बाध्यता हटेको शिवनाथ गाउँपालिका–१ शर्मालीकी कमला चाँडले बताउनुभयो । “सडक पुगेपछि सबै सामान नेपालबाटै आउँछ,” उहाँले भन्नुभयो – “नुन, तेलसमेत भारतबाटै ल्याउँथ्यौं, अब त घरनजिकै गाडीमा सामान ल्याउन सकिन्छ ।” 

तल्लोस्वराडमा सडक नपुग्दासम्म व्यापारीहरु भारतबाट गुणस्तरहीन सामान किनेर ल्याउन बाध्य थिए । सडक पुगेपछि अहिले बजारमा नेपाली सामानको कारोबार हुन थालेको स्थानीयवासी वीरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो – “ हामी पहिला पूर्ण रुपमा भारतीय बजारमा निर्भर थियौं तर सडक पुगेपछि अहिले धेरै सजिलो भएको छ ।” 

“सडक नपुग्दासम्म तल्लोस्वराडवासीलाई औषधि उपचारका लागि पनि भारतमै जानुपर्ने बाध्यता थियो तर सडक पुगेपछि त्यो बाध्यताको अन्त्य भएको छ,” शर्माली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश चन्दले बताउनुभयो । स्वास्थ्यचौकीमा उपचार हुन नसक्नेलाई अन्यत्र सिफारिश गरिँदा पनि भारत नै जानुपर्ने बाध्यता थियो । सडक पुगेसँगै अब स्वराडवासीको त्यो बाध्यता हटेको छ । 

यसका साथै जिल्ला अस्पताल बैतडीबाट पनि तल्लोस्वराडमा औषधि पठाउँदा समस्या हुने गरेको र अहिले आएर सडक विस्तारसँगै त्यो समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका डा गुणराज अवस्थीले बताउनुभयो । “सडक नहँुदा भरिया लगाएर औषधि बोकाउनुपथ्र्यो,” उहाँले भन्नुभयो – “सडक विस्तारले स्वास्थ्य सेवा प्रवाह गर्न सजिलो महसुस भएको छ ।” 

यसका साथै स्वराडका स्थानीय बासिन्दा बिरामी हँुदा समेत अकालमै ज्यान गुमाउनुपर्ने अवस्था विद्यमान थियो । अब सडक बिस्तारसँगै त्यो समस्या धेरै हदसम्म टरेको छ । 

“शर्माली, उदयदेव, कुलाउ, आम्चोरा, महाकाली र पञ्चेश्वरमा रहेका प्रत्येक पसलमा भारतीय सामग्री मात्रै किन्न पाइन्थ्यो, अहिले सडक पुगेसँगै त्यस्तो स्थिति हटेको छ,” स्थानीय व्यापारी पे्रम सिंह साउदले भन्नुभयो – “यतिसम्म कि नुनका लागि पनि भारतकै भर पर्नुपर्ने स्थिति थियो तर सडक पुगेपछि बजारमा पर्याप्त मात्रामा नेपाली सामग्री पाइन थालेको छ ।” 

“मेरो पसलमा एक वर्षअघिसम्म भारतीय सामान मात्र पाइन्थ्यो, अहिले नेपाली सामान बढी छ, सडक पुगेपछि नेपाली सामान आउन थालेको छ, हामीलाई पनि नेपाली बजारबाट सामान ल्याउन सजिलो भएको छ,” उहाँले भन्नुभयो । 

तल्लोस्वराडका शर्माली, कुलाउ, महाकाली, आम्चोरा, पञ्चेश्वर लगायतका गाविसमा भारतीय मुद्राकै मात्र कारोबार हुन्थ्यो । अहिले सडक पुगेपछि नेपाली मुद्राको कारोबार सुरु भएको स्थानीयवासी हरि सिंह विष्टले बताउनुभयो । “हामी भारतीय सीमा नजिकका बासिन्दा हौं, सडक थिएन, सदरमुकामसम्मको पहुँच थिएन,” उहाँले भन्नुभयो – “अस्पताल, बजार सबै भारतमा थिए । त्यसैले भारतीय मुद्रामै कारोबार हुन्थ्यो । अहिले सडक पुगेपछि बजारमा नेपाली सामग्री आउन थालेको छ, नेपाली मुद्रामैे कारोबार पनि हुन थालेको छ ।” 

तल्लोस्वराडमा सडक पुगेसँगै त्यो क्षेत्र आर्थिक तथा सामाजिक गतिविधि समेत बढेको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामल सिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो “सडक पुगेपछि तल्लोस्वराडमा धेरै कुरामा परिवर्तन आएको छ ।’ 

सधै नुन र तेलका लागि समेत भारतकै भर्नुपर्ने भएपनि त्यो बाध्यता हटेको शर्माली १ की कुन्धा साउदको भनाइ रहेको छ । 

जिल्लाको तल्लोस्वराडका १० गाविसलाई सडक सञ्जालमा जोड्ने लक्ष्यसहित २०३८ सालदेखि निर्माण कार्य सुरु भएको पाटन–पञ्चेश्वर सडकको ६२ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा ५८ किलोमिटर निर्माण गरिसक्ने लक्ष्य लिइएको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर आशिक रिजालले बताउनुभयो । 

यसका साथै शिवनाथदेखि शर्मालीको भारतसँग जोडिएको नाका नागार्जुन घाटसम्मको २६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । 

स्वराड पर्यटकीय स्थल बन्नसक्ने 

सडक सञ्जाल विस्तारसँगै जिल्लाको तल्लोस्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गर्न सकिए पर्यटकीय स्थलका रुपमा समेत चिनाउन सकिने संभावना प्रबल छ । 

यो क्षेत्रमा देवीदेवताको बास भएको र देवभूमिका रुपमा रहेको बुढापाकाहरु बताउँछन् । उदयदेवका स्थानीयवासी नरेन्द्र महताले भन्नुभयो – “सडक विस्तारसँगै स्वराडको पर्यटनको सम्भावना पनि रहेको छ ।” 

शिवनाथमा अवस्थित शिव मन्दिर, मेलौलीस्थित माता भगवती मन्दिर, आमचौरा सैलोडास्थित कैलपाल मन्दिर यहाँका प्रसिद्ध धार्मिक स्थलहरु हुन् र यहाँ वर्षमा एक चोटि मेला पनि लाग्ने गर्दछ । यस्तै उदयदेव मन्दिर, देहिगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिर पनि यहाँ रहेका छन् । 

यी ऐतिहासिक र धार्मिक स्थलहरुमा लाग्ने मेला हेर्न, व्यापार गर्न एवम् भगवान्को दर्शन गर्न छिमेकी जिल्ला डडेलधुरा, महेन्द्रनगर र छिमेकी देश भारतको कुमाउ गढवालबाट भक्तजनहरु आउने गर्दछन् । त्यस्तै, गिरेगढाको गणमेश्वर, तोली त्रिशुल लगायतका उच्च पर्यटकीय सम्भावना बोकेका धार्मिक स्थलहरु रहेका छन् । 

जिल्ला सदरमुकाम बैतडीबाट झन्डै पचास कोसको दूरीमा रहेको शर्माली गढी (अमरगढी किल्ला), ग्वालेक, ओल्या र पञ्चेश्वर वन यहाँका थप पर्यटकीय स्थलहरु हुन् जहाँ थुप्रै किसिमका जडीबुटीहरु पाउन सकिने जानकारहरु बताउँछन । 

सुदूरपश्चिमका प्रमुख शक्तिपीठमध्ये मेलौली पनि एक हो । यदि पञ्चेश्वर परियोजना बनेर यो क्षेत्रमा यातायात सहज भइदिने हो भने धेरै पर्यटक भित्रिन सक्ने स्थानीयवासी वीरेन्द्र महताको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ