2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरका भूकम्प प्रभावितलाई १५ करोड वितरण

बैशाख १४, नगरकोट । भूकम्प प्रभावितहरुकको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु पन्ध्र करोड ३९ लाख वितरण गरेको छ । 

भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा रु १० हजारका दरले एक हजार ५३९ परिवारलाई सो रकम वितरण गरिएको रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले बताउनुभयो । 

रेडक्रशले जिल्ला प्रशासन कार्यालय, नगरपालिका, वडा कार्यालय, नागरिक वडामञ्चका संयोजक तथा स्थानीय बुद्धिजीवीको समन्वयमा साविक नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाका २१ वडामा रकम वितरण गरिरहेको छ । 

सभापति थापाका अनुसार पहिलो चरणमा वितरित रकमको अनुगमन गरी त्यसको सदुपयोग भएको सुनिश्चितता भएपछि दोस्रो चरणको रकम वितरण गरिनेछ । उहाँका अनुसार रकम प्राप्त गरेका भूकम्प प्रभावितहरुले आलुखेती, बाख्रापालन, बङ्गुरपालन, आधुनिक आरन सञ्चालन, पसल सञ्चालनलगायतका कार्य गरिरहेका छन् । 

अहिलेसम्म साविक चाँगुनारायण नगरपालिकाका वडा नं ४, ६, ९, ११ र १७, अनन्तलिङ्गेश्वर नगरपालिकामा १० र १३, नगरकोट नगरपालिकाको १, २, ३, ९ र १० वडामा पहिलो किस्ताको रकम वितरण भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई