बैशाख १५, प्युठान । प्युठान जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ । 

कुखुरापालनको माग प्युठान जिल्लाका बिभिन्न ठाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, प्युठान । प्युठान जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ । 

कुखुरापालनको माग प्युठान जिल्लाका बिभिन्न ठाउ"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानका गाउँभरि कुखुरा पालनका फार्म

२०७४, १५ बैशाख शुक्रबार ०६:३६


बैशाख १५, प्युठान । प्युठान जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ । 

कुखुरापालनको माग प्युठान जिल्लाका बिभिन्न ठाउहरुमा बढ्न थालेपछि कृषकहरु व्यवसायीक कुखुरापालनमा लागेका छन । कम मिहेनतमा राम्रो आम्दानी हुने जानकारी पाएपछि कृषकहरुले फार्म बनाई कुखुरापालन गर्न थालेको बताएका छन । साबिकको प्युठान नगरपालिका १५ हालको प्युठान नगरपालिका ८ दम्तीमा गाउँभरि कुखुरापालनका फार्म बनाई व्यवसायिक रुपमा कुखुरापालन गर्ने कृषकहरुको सङख्या बढेको छ । 

लामो समय देखि बिदेसमा बस्दै आउनु भएका नबिन के.सि अहिले आफनै जग्गामा फार्म बनाई कुखुरापालनमा लाग्नुभएको छ । गाउँमै केहि गर्नुपर्छ भन्ने उद्देश्यले कुखुरापालनमा लागेको उहाले बताउनु भयो । 

१ लाखको लगानीमा फार्म बनाइ कुखुरापालन व्यवसाय सुरु गरेको उहाले  बताउनुभयो । त्यस्तै सोहि गाउकै स्थानिय गंगा पाण्डेले पनि बिगत ३ वर्ष देखि २ लाखको लगानीमा आफनै जग्गामा फार्म बनाइ कुखुरापालन व्यवसाय सुरु गर्दै आउनुभएको छ । 

एकपटकमा १सय ५० वटा कुखुराका चल्ला राख्ने गरेको पाण्डेले बताउनुभयो । एक लट उत्पादनहुन ४० देखि ४५ दिन लाग्ने उहाको भनाइ छ । वार्षिक कुखुरापालनबाट घर खर्च चलाएर १ देखि २ लाख सम्म बचत हुने पाण्डेले बताउनुभयो । महिलाले पनि केहि गर्न सक्छन र घरपरिवार चलाउनको लागि श्रिमानको भर पर्न नपरोस भन्ने उद्धेश्यले गाउमै कुखुरापालन ब्यबसाय सुरु गरेको उहाले बताउनुभयो । 

नगरपालिका ८दम्तीका अन्य स्थानीयहरुले पनि आफनै लगानीबाट कुखुरापालन फर्म सञ्चालन गरी मनग्य आम्दानी गर्दै आहिरहेका छन । प्युठान जिल्लाका कृषकहरुको कुखुरापालन आजभोली आम्दानीको बलियो श्रोत बन्दै गएको पशुसेवा कार्यालय प्यूठानले जनाएको छ । एलिसा बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी