सलिम अन्सारी/ प्युठान । जिल्ला विकास समितिको तथ्यांक अनुसार प्युठानमा ४ सय ५ किलोमिटर सडक निर्माण भएपनि १ सय ६० किलोमिटरमा मात्र  बाह्रै महिना यातायातक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/ प्युठान । जिल्ला विकास समितिको तथ्यांक अनुसार प्युठानमा ४ सय ५ किलोमिटर सडक निर्माण भएपनि १ सय ६० किलोमिटरमा मात्र  बाह्रै महिना यातायातक"/>

२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानका सडकको स्तरोन्नति आवश्यक

२०७४, १७ बैशाख आईतवार १५:४९


सलिम अन्सारी/ प्युठान । जिल्ला विकास समितिको तथ्यांक अनुसार प्युठानमा ४ सय ५ किलोमिटर सडक निर्माण भएपनि १ सय ६० किलोमिटरमा मात्र  बाह्रै महिना यातायातका साधन गुडिरहेका छन् । जिल्लामा हालसम्म २२ ओटा सडक खण्ड निर्माण पूरा भएको छ । निर्माण पूरा भइसकेका सडकमा बर्षको ६ महिना भन्दा बढी सवारीसाधन गुड्दैन्न।  यातायात नचल्ने सडकमा खर्च गरिएको करोडौं रुपैयाँ खेर गएको छ । सडक जालो जिल्लाभर फैलिए पनि कमजोर संरचनाका कारण बर्खायाममा अधिकांश सडक अवरुद्ध  हुने गरेका छन् । ग्रामिण सडकहरु हिउँदे सडकका रुपमा बिकास भएका छन। ३ सय ११ किलोमिटर कच्ची सडक हिउदमा मात्र सुचारु हुन्छन।

एक दशकयता सडक निर्माणले जिल्लामा तिव्रता पाएपनि हालसम्म तिनको दियो व्यवस्थापन नहुँदा लगानी त्यसै खेर गएको छ । कच्ची सडक विस्तारको काम अझै रोकिएको छैन । सडक बिस्तार पछि लाभान्वित हुने स्थानियको अपेक्षा भएपनी ट्राक खोलेपछी यस्को स्तरउन्नती हुन नसक्दा उनिहरु थप मर्कामा परेका छन। केहि वर्षदेखि गाउँको बिकासका लागि छुट्याइएको अधिकांश बजेट पनि सडक निर्माणमा खर्च हुने गरेको छ ।

सडक निर्माणमा जिल्लामा हालसम्म करिब दुइ अर्ब रकम खर्च भइसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सुरेन्द्र घिमिरेले जानकारी दिए ।  उनका अनुसार सडक निर्माणमा खर्च भएको रकम जिल्ला विकास समिति, गाउँ विकास समिति, गैरसरकारी संघ संस्था र सडक डिभिजन कार्यालयको हो । “सडक संजालले छुन नसकेका गाविसमा स्याउंलिबाङ मात्र हो।घिमिरेले भने । घिमिरेले बर्षायाम सुरु हुनेवित्तिकै जिल्लाका ७० प्रतिशत सडक अबरुद्ध हुने गरेको बताए। यातायात अवरुद्ध हुने ३ सय ११ किलोमिटर कच्ची सडक खण्ड ग्राभेल गरी संचालनमा ल्याउन कराडौं रुपैया आवश्यक पर्ने घिमिरेको भनाइ छ ।

जिल्ला प्राविधिक कार्यालयको एक तथ्यांक अनुसार जिल्लामा  २ सय ३० सडक ग्रामिण तथा कृषि सडक छन। निर्माण पूरा भएका र नया बन्दै गरेका सडकको संख्या १ सय ७२ को हाराहारी पुगेको छ। ग्राभेल गरिएको सडकको लम्बाइ ५७ किलोमिटर मात्र छ।।।भालुबाङ्ग- प्युठान सडक बाहेक जिल्लाको बाग्दुला- दम्ती जोड्ने ४  किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ ।

ग्रामीण सडकमध्ये करिब १ सय ६० किलोमिटरलाई बाहै् महिना सञ्चालन गर्न सकिन्छ भने अरू सडक आंशिक रूपमा सञ्चालन हुन्छन् ।  जिल्लामा सञ्चालित सडक योजनामध्ये अधिकांश सडक सानो बजेटमा उपभोक्ता समितिमार्फत निर्माण गरिएका हुन् ।ठूला आयोजनाका ८ ओटा सडक मात्र छन। 

सभासदहरूले निर्वाचन क्षेत्र विकासकोषमार्फत विनियोजन गर्ने योजना पनि सडककै छन् । आफ्नो गाउँ वा आफन्त र कार्यकर्ताका गाउँमा सडक पुर्याउन लक्ष्य लिइएका यस्ता सडक निर्माण गरिएका हुन् । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाका पाच सभासदले विनियोजन गरेको करिब ६ करोड  बजेटमध्ये आधा भन्दा बढी रकम  सडकमै बिनियोजन गरिएको छ ।

जिल्ला बिकास समितीले गाउँगाउँमा निर्माण गरिने सडक योजनालाई मुख्य प्राथमिकता दिइएको जिबिसले बताएको छ। ।सडक संजाललाइ ब्यबस्थित गर्न गुरुयोजना बनाइएको हो।

केही बर्ष अघि सम्म जिबिसको सहयोगमा खनिएका यस्ता सडकको मर्मत संभार र बिस्तारमा जिबिसले  महत्वपुर्ण सडकलाइ बाह्रै महिना सुचारु हुने  गरि निर्माण गर्न गुरुयोजना समेत बनाएको छ।गुरुयोजनामा जिल्लाभित्रका ग्रामिण सडकलाइ समेटिएको छ।आर्थिक बर्ष २०७२/७३ देखि   आगामी ५ बर्षका लागि गुरुयोजना बनाइ काम सुरु गरिएको प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए। जिबिसले बनाएको 'जिल्ला यातायात गुरुयोजना'मा ग्रामिण क्षेत्रबाट सदरमुकाम जोड्ने, मुख्य राजमार्ग सम्म आउने,ग्रामिण बजार भएर आएका पर्यटकिय, ब्यापारिक,कृषि तथा सबै भुगोललाइ समेट्न सक्ने सडकलाइ प्राथमिक्ता दिइएको छ।।।सडकको बिस्तार संगै गाउगाउमा ग्रामिण बजार र ब्यापारिक केन्द्रहरुको बिकास हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय