२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सूर्यविनायक जगाती सडक अतिक्रमण हटाइँदै

२०७४, ९ असार शुक्रबार ०६:१६

असार ९, भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । 

डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस्तार कार्य जनप्रतिनिधि आएपछि सुरु भएको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष किरण थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार कार्य सुरु गरेको छ । 

अरनिको राजमार्गखण्डअन्तर्गत उक्त सडक ८२ फिट रहेको र सो मापदण्ड मिचेर व्यापारीले सडक कब्जा गरेर राखेको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि स्थानीय जनप्रतिनिधि समेतको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाउन थालिएको हो । डिभिजन सडक कार्यालयले पटक पटक सडक कब्जा गरेर राखेको सामान हटाउन र टहरा भत्काउन सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि हटाउन थालिएको कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले बताउनुभयो । 

सूर्यविनायकदेखि जगाती सम्मका व्यापारीले सडकपेटी अतिक्रमण गरी राखिएका सामान हटाउन सो क्षेत्रका घरेबेटी र पसलवालाले तीन दिन समय माग गरेपछि शनिबार सम्मको समय दिइएको छ । इन्जिनियर कार्कीले भन्नुभयो, “शनिबारसम्म सडक कब्जा गरिराखेको सामग्री नहटाए आइतबार कार्यालयले सबै सामग्री उठाएर लैजान्छ, त्यसको नोक्सानको भागिदार व्यापारी आफँै हुनुपर्छ ।” 

सडकमा व्यापारीले वर्षौंदेखि बालुवा, रोडा, ढुङ्गा, डन्डी लगायतका निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदलयात्रीलाई हिँड्डुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागेको वडाध्यक्ष थापाले बताउनुभयो । 

निर्माण सामग्री र टहरा नभएका स्थानमा बिहीबारबाट सडक फराकिलो पार्न सुरु गरेको र अन्य क्षेत्रमा भने आइतबारबाट फराकिलो पार्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी