२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई दिनदेखि बन्द बिन्ध्यवासिनी ताथलीको बाटो खुल्यो

२०७४, २४ असार शनिबार ०५:५०

असार २४, भक्तपुर । स्थानीय एक व्यक्तिले बन्द गरेको चाँगुनारायण– ९, ताथलीको बिन्ध्यवासिनी मार्ग जाने बाटो दुई दिनपछि शुक्रबार खुलेको छ । 

नापी नक्सामा नभएको भन्दै स्थानीयवासी राम खड्काले बाँसको छेकवार लगाएर बन्द गरेको सो बाटो स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय भद्रभलादमीको रोहवरमा बाँसको अवरोध हटाएर बाटो खोलिएको हो । 

बाटो खुलाउने क्रममा सामान्य वादविवाद समेत भएको स्थानीय हरिसुन्दर छङ्ुकाले बताउनुभयो । सञ्चारकर्मी समेत रहनुभएका छुङ्काले एक दशकदेखि सार्वजनिक रुपमा प्रयोग भइरहेको सो बाटो अहिले आएर एका÷एक नापी नक्सामा नभएको भन्दै बन्द गर्नु गलत भएको बताउनुभयो । 

सो बाटो बन्द हुँदा ताथलीको खड्का डिल, दलित टोल, बाला टोल, राउत टोलका बासिन्दा प्रभावित भएका थिए । सो मार्ग च्याम्हासिँह–नाला सडकमा जोडिएको सहायक सडक पनि हो । 

बर्खायाममा आवतजावत गर्न तथा सवारी आवागमन सहज बनाउन स्थानीय उपभोक्ताले गत बुधबार ग्राभेलिङ गरेपछि खड्काले सो बाटो बन्द गरेका थिए । सो बाटोको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । सर्वोच्चले सो बाटो यथास्थितिमा राख्नु भन्ने आदेश दिएको तर स्थानीयवासीले सो आदेश विपरित ग्राभेलिङ गरेपछि आपूले बाँस तेर्साएर बाटो बन्द गरेको खड्काले बताउनुभयो । 

खड्काले बाटो बन्द गरेपछि स्थानीयवासीको अनुरोधमा वडा अध्यक्ष गणेश त्यातले प्रहरीको रोहवरमा स्थानीयवासीको उपस्थितिमा अवरुद्ध बाटो खुलाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने