2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा ५४ लाख ५९ हजार अनुदान वितरण

साउन १, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ । 

भूकम्पका कारण गोठ तथा खोरमा क्षति हुनुका साथै पशुधन समेत नासिएका कृषकलाई जीविकोपार्जनमा सहयोग पु¥याउन उक्त अनुदान दिइएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । 

भूकम्प पुनःनिर्माण कोषमार्फत रु दुई लाख ५० हजार मूल्यको ५०० लिटरको चिलिङ भ्याट एक जनालाई, रु पाँच लाख २५ हजार बराबर दूध दुहने स्टिेनलेस स्टिलको ट्यांकी ३५० जनालाई, कुखुराको खोर निर्माण गर्न ६० जनालाई अनुदान रु तीन लाख, रु पाँच लाख बराबर बंगुरका पाठापाठी १०० जनालाई र रु एक लाख बराबर कुखुराको चल्ला वितरण ६० जनालाई उपलब्ध गराइएको छ । 

त्यस्तै, १०० जनालाई गाई तथा भँैसीको गोठ सुधार अनुदान रु २० लाख, १०० जनालाई बाख्राको गोठ सुधार अनुदान, पशुस्वास्थ्य शिविरलाई रु पाँच लाख प्रदान गरिएको थियो । यसैगरी १०० जनालाई रु ७६ हजार बराबर मिनरल ब्लक वितरण र प्रतिपरिवार चार बाख्रा र एक बोका २० जनालाई रु ५४ लाख ५९ हजार अनुदानस्वरुप कृषकलाई उपलब्ध गराइएको थियो । 

प्रस्ताव आह्वान गरेपछि भूकम्प पुनःस्थापना कार्यक्रमअन्तर्गत झण्डै एक हजार २७० आवेदन परेको थियो । भूकम्पका कारण बढी क्षति पुगेका कृषकलाई प्राथमिकतामा राखेर जिल्लाको मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिकासहित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकाका कृषकलाई अनुदान दिइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई