2026-11-02 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्राफिक प्रहरी कार्यालय प्यूठानद्धारा ३४ लाख राजश्व संकलन

स्मृती घर्ती मगर/साउन ३, प्यूठान । ट्राफिक प्रहरी कार्यालय प्यूठानले ट्राफिक नियम पालना नगरी सञ्चलन भएका ६ हजार ३ सय सवारी साधनलाई कारवाही गरेको जनाएको छ । 

सवारी कार्बाही वाट ३४ लाख बढि राजस्व सँकलन गरेको बताएको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङकमा विभिन्न सवारी साधनहरुलाई कारवाही गरी उनीहरुबाट ३४ लाख ४२ हजार राजस्व संकलन गरीएको ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रहरी हवल्दार संकर चौधरीले जानकारी दिनु भएको छ।

उहाका अनुसार ट्राफिक नियम पालना नगर्ने ३ सय २२ वटा वस बाट १ लाख ७४ हजार, ५ सय ६३ ट्रकवाट ३ लाख ५७ हजार, १४ सय ९२ वटा जिप तथा कारबाट ७ लाख ८८ हजार, ६ सय ९८ वटा टेक्टरबाट ३ लाख ७७ हजार ५ सय, ३२ सय २४ वटा मोटरसाईकलबाट १७ लाख ४५ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी हवल्दार चौधरीले जानकारी दिनु भएको छ।

गत आर्थिक वर्ष २०७२/०७३ मा २१ लाख १० हजार ४ सय मात्र राजस्व संकलन भएको थियो । 

गत वर्षको तुलनामा यस वर्ष राजस्व झन्दै दोव्वरले बृद्धि भएको छ । कारवाहीमा पर्नेहरुमा सवै भन्दा वढि मोटरसाईकल रहेको र सवै भन्दा कम वसहरु कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द