2026-10-28 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीका नेताहरुको विकासको अवस्था १० तस्बिरमा हेर्नुहोस


प्रेम सुनार/साउन ११, गुल्मी । असारे विकासको चर्को विरोध हुँदाहुँदै पनि रोएिन । नरोकिनुले साउने विकासले पनि प्रशय पाउँदैछ । पहिरो गएको बाटो सोहर्ने नाममा स्तरबृद्धिमा परेका सडकहरुका भित्रा पनि डोजरले कोपरिदैछ । डोजरको त्यो कोपराई जनताको जमिनमा नभएर छातीमा डोजर चलाईको दुखाई बनेको छ । यो दुखाई देशैभरका जनताको हो ।

तर आज हामी गुल्मीका तिनै दुखाईमा परेका वस्तीका जनताको पिडा उठान गर्दैछौं । सदरमुकाम तम्घास देखि उक्तर तर्फको रातडाँडा भञ्ज्याङ्ग, पेंगा, धरमपानी, मैदान सम्मको सडक असारे विकासका क्रममा करोडौं खर्चेर ढल नाली, पर्खाल निमार्ण र सडक चौडा पारेर  खेल मैदान जस्तै बनाईएको थियो । 

झन यसपाली त चुनाव ताका परेकोले दलहरुलाई  उसले होईन मैले र मेरै दलको पहलमा यो विकास भएको हो भनेर नाख ठाडो पार्ने खेलोखेती त्यही सडक बन्यो । तर चुनाव पनि सकियो, वर्षायाम पनि बढ्यो र त्यो हिजो देखाउने गरेको सडकको काम  थातनथालो बनेको छ । 

अँस्ती भर्खर बनाएको नाली, वाल पर्खाल कहाँ छ भनेर सडक देखि निकै तल पुगेकोले आँखा तन्काएर हेर्नु पर्ने अवस्था छ । ग्राव्रेलिङ्ग गर्ने भन्दै सडकमा  विछाईएको गिटी वालुवा लगायतको सामग्री माथी अहिले खोलो बगेको छ र अधिकांस स्थानमा पहिरो र हिलोले पुरेको छ ।

यसरी असारको मुखमा आएर लगाईएको डोजरले राज्यको  ढुकुटी वालुवामा पानी खनाए झै त पारी दिएको छ नै । यता जनताको मुखा परी सकेको मकै र धान खेति नष्ट मात्रै गरेको छैन पहिरोले कतिपयको घरवासै उठाई दिने हो कि भन्ने त्रासले रातमा निद्रा छैन् । भञ्ज्याङ्ग देखि पेंगा हुँदै उकाले लागे पछि मैदान सम्मका जनताका मकैवाली पहिररोले बगाएर पुरै नष्ट भएको छ ।  खेलीवाली संगै कैयौंका घर कटेरा जोखिममा परेका छन भने  जंगलमा हुर्केका सल्लाका रुखहरु ढलेर वेहाल छ । मैदान देखि तल कुँवापानीको सिङ्गो टोल माथीबाट खसेको पहिरोले उच्च जोखिममा छ । 

मुसिकोट नगरपालिकाको वडा नम्वर ३ मा पर्ने साविकको पडागाउँ गाविसको पेंगा धरमपानी  र मैदान वरवर मात्र होईन । हिजोको एउटै गाविस अहिलेको वडा नम्वर ४ को  बडागाउँका कैयौं वस्ती पनि  जोखिममा छन् । सम्पुर्ण राजनैतिक दल र उपभोक्ताहरुको तर्फबाट हामीले नेपाली कांग्रेसका क्षेत्रिय सदस्य एवं स्थानियवासी झविलाल भण्डारी संग त्यहाँका सडकहरुको अविगत बारे कुराकानी गरेका थियौं ।  

ठाउँ ठाउँम बाढि  पहिरोले सडक अवरुद्ध पारे संगै तम्घास सिमलटारी प्युठान सडक परियोजनाका ईन्जिनियर सव ईन्जिनिय र ओभरसियरहरुलाई यति वेला नघाम न पानी भन्नु छ । त्यसै बडागाउँका सडक खुलाउन पुगेका त्यस परियोजनाका प्राविधिकलाई अन्दस्र्पोर्ट  भेटेर कुराकानी गरेका थियौं ।

वर्षायामको मुखमा आएर  सम्झौता, असारको मुखमा आएर काम सुरु 

काम भन्दा कति छिटो पैसा सकौं भन्ने होडवाजीका कारण यति वेला पैसाभरी धामीलाई  व्यथा हामीलाई भन्ने उखान शिद्ध भएको छ । पहिला बरु उपभोक्ता जिम्मेवार बन्थे र कम मात्रमा राज्यको रकम दुरुपयोग हुन्थ्यो तर अहिले ठेकेदारहरुको मनपरी छ । त्यसो ज्वालन्त उदाहरुणका लागि हामी  रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा पुगेका थियौं । हिउँदयाम मै त  पहिरो खाडलका कारण घण्डौ गाडी जाम हुने त्यस सडक खण्डमा यो वर्षायाममा के हालत भए होला आफै अनुमान गर्नु होस् ।

विहान वुटवलबाट हिडे साँझ वामी टक्सार र वुर्तिवाङ्ग पुग्ने मालवाहक ट्रक वुटवलबाट हिडेको दुई दिन सम्म विचबाटा मै अलपत्र परेको हामीले भेटाऔं ।  डोजरले डोजर तान्ने र ट्रकले ट्रक तान्दा पनि हिलोबाट मालवाहक गाडीहरु निकाल्न नसकेर सुई–सुई , सुई काट्दै र पुम्पुरोमा हात लगाउँदै चालक दलहरु बसेको  देखियो ।  साना यातायातका साधनहरु बढो मुस्कीले आवत जावत गरेका छन् । तिनै पनि घण्टौं जाममा परेर यात्रुहरुले सास्ती खेपेका छन् । 

रिडी रुद्रवेणी वामीटक्सार सडक खण्ड वर्षऔं देखि पैसाभरी धामीलाई व्याथा हामीलाई हुँदा विज्ञानलाई विश्वास गर्ने कुनै एउटा सर्जक रुपी नेताले  उपचार गर्न सकेका छैनन् । त्यस सडक स्तरोन्नती गर्न केन्द्रबाट रकम पार्ने मैं हुँ भनेर देशकै जिम्मेवार नेता एमालेका प्रदिपकुमार ज्ञवाी, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका पुर्व सभाषद सुदर्शन बराल सम्म मञ्चबाट फलाक्छन तर  वर्षेनी राज्यबाट पर्ने करोडौ रकमको काम हिउँद लाग्गो कि वालुवामा पानी खनाए जस्तो किन हुन्छ श्र भनेर ठेकदारहरु संग औला ठडाएको पाईएको छैन् । पुनः हेरै यष वर्ष मात्रै करोडौं खचिएको त्यस सडकको अविगत…. 

यो राज्यको नीति, कार्यान्वयन पक्ष र दुरुपयोगका एकसेएक उदाहरण देख्दा  उहि क्या ? …खै गाई ?–खोलाले बगायो … खै खोलो ? – सुक्यो… वालवालिकाहरुको यस्तो पाठ्य साम्री झै बनेको छ असारे विकासको व्याङ्गात्म्क समाग्री  पनि । जस्तै,  खै पैसा ?–मोटरबाटोले खायो ।   खै मोटर बाटो ? –पहिरोले  लग्यो ? खै पहिरो ? डोजर लिन गयो ।  खै डोजर  ? – आउन नसकी बस्यो … ।  हो , डोजर आवस पनि कसरी ?  असार मशान्त सम्मको भुक्तानी लियो । भुक्तानी भनिएको रकमको काम बाँकी भए आउला नत्र अर्को किस्ता कुरेर  थक्नीएका छन् डोजरहरु । 

 त्यति वेला देखिने छन डोजर र डोजरवालाहरु जव सम्झौता गर्ने उज्याला दिनहरु आउने छन र राज्यले यो वर्षायामको अँध्यारा दिनहरु देख्नु पर्ने छ । राज्यले मात्र होईन जनताले समेत अँध्यारा दिनहरु देख्नु परेको छ । यसर्थ असारे विकासका असरहरु रोक्न अव राज्यको मात्रै होईन जनताको पनि हो । जसलाई सवै मिलेर रोकौं । जनतले भोगेको क्षति पनि व्यहोरौं  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला