2026-09-18 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सैनामैना नगरपालिकाको बजेट ५४ करोड

भदौ ८, रुपन्देही । सैनामैना नगरपालिकाले आव २०७४/०७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ । 

नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । 

सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडक कालेपत्रे तथा स्तारोन्नति गर्न रु छ करोड ७३ लाख ४१ हजार विनियोजन गरिएको छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ । विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्ने नीति बनाउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रमा रु नौ करोड ८६ लाख ६९ हजार विनियोजन गरिएको छ । 

यस्तै, कृषि तथा पशुपालनतर्फ रु एक करोड ३५ लाख ७७ हजार विनियोजन गरिएको छ । कृषि कार्यक्रमअन्र्तगत निर्वाहमुखी कृषि प्राणीलीलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ । 

स्वास्थ्य संस्थाको सवलीकरणका लागि रु १ करोड ७९ लाख विनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई