भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयो"/>
2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घाटलाई पानी

भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयोग गरेको छ । 

नगरपालिका–७ र ८ का मानिसको मृत्यु भएपछि पानीको समस्याका कारण दाहसंस्कारमा नै कठिनाइ हुँदै आएको थियो । लगभग एक हजार घरधुरीभन्दा बढीले प्रयोग गर्दैै आएको घाट भए पनि पानीको समस्याका कारण चिता धुन समेत कठिन थियो । 

पानी ट्यांकीको उद्घाटन गर्दै सभासद् रामेश्वरप्रसाद ढुंगेलले स्थानीय समुदायको अग्रसरताले नै समुदायको विकास हुने बताउँदै आफूले खानेपानी व्यवस्थापनमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । 

केन्द्रले हाललाई दुई हजार लिटरको पानी ट्यांकी, पानीका लागि मूलदेखि घाटसम्म खानेपानीको पाइप विस्तार र घाटमा आउनेका लागि नुहाउने धारा गरी रु ५० बराबरको सहयोग गरेकोे केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेल, जिल्ला कार्यसमिति सदस्य हरिप्रसाद नेपाल, काँग्रेसका नेता राजाराम खड्का, नगरपालिकाका नगर सभापति यादव अधिकारी, वडा नं ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटालगायतले समाज विकासका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई