2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी संस्थालाई उद्यमसँग जोड्न सुझाव

भदौ ११, बनेपा। सहकारी संस्थालाई आयआर्जन र उद्यमसँग जोड्न सरोकार भएकाहरुले सुझाव दिएका छन् । 

हिमालय कालिदेवी सहकारी संस्थाको आज बनेपामा भएको १६ औँ साधारणसभामा सहभागीहरुले उद्यमशीलतासहितको क्रण लगानी भए त्यसको प्रतिफल प्रभावकारी हुने बताए । 

बचत संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी संस्थालाई बचत गर्ने माध्यम मात्रै बनाउने होइन, आयआर्जनसँग पनि जोड्न जरुरी छ भन्नुभयो । 

जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले उद्यमशीलतासहितको क्रण लगानी सबैको साझा विषय भएको बताउनुभयो । 

हिमालय कालिदेवी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्याकुरेलले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न गत वर्षदेखि रेमिटेन्स सेवा पनि सञ्चालन गरिएको जानकारी दिँदै यस वर्षदेखि मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेे कार्यक्रम रहेको बताउनुभयो । 

रु ११ करोड ९१ लाख ६५ हजार १४९ को कारोबार गरेको संस्थाले रु ८० लाख ६९ हजार ३९१ खुद आम्दानी गरेको छ । विसं २०५८ सालमा स्थापना भएको यो संस्थाले काभ्रेपलाञ्चोकमा रु पाँच करोड ४८ लाख ७७ हजार ६४१ क्रण लगानी गरेको छ । 

जिल्लामा दर्ता भएका एक हजार ५०० सहकारी संस्थामध्ये करिब एक हजार १०० मात्रै सञ्चालनमा रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई