2026-11-02 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीमा बाढीका कारण पशु मर्दा रु छ करोडको क्षति

भदौ १८, राजविराज। सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ । सो बाढीमा परी ७८ वटा पशु बाढीले बगाएको थियो । दुई हप्ता अगाडि आएको भीषण बाढीका कारण जिल्लामा ७० हजार पशु प्रभावित भएको र सात हजार पशु अझै बिरामी परेको पशुसेवा कार्यालयले जनाएको छ । 

बाढीबाट अति प्रभावित जिल्लाको हनुमानगर कंकालनी नगरपालिकाको रम्पुरा मलहनिया, डलवा, सकरपुरा, तिलाठी, कोइलाडी र टिकुलिया, कुशाहा, वनरझुला कृष्णसवरण गाउँपालिकाको बक्धुवा, बेल्ही चपेना लगायतका ठाउँमा पशुको ठूलो क्षति भएको बताइएको छ । 

त्यस्तै सुरुङ्गा नगरपालिकाको मल्हनमामा ३०० कुखुरा, शम्भूनाथ नगरपालिका र राजविराज नगरपालिका तथा सप्तकोशी नगरपालिकाको फतेपुरमा रु १० लाखभन्दा बढी माछा बाढीले बगाएको माछा पालक कृषकले बताएका छन् । यस्तै बोदेबर्साइनमा रहेको २१ वटा बाख्रापाठा र एउटा बाछी मरेको छ । अहिले चौपायामा दूषित पानी खानाले मुख र नाकबाट पानी बग्ने, कमलपित्त, ज्वरो, निमोनिया तथा भ्यागुतेजस्ता रोगका लक्षण देखा परेको पशु स्वास्थ्य कार्यालयका प्राविधिकको भनाइ छ । 

बढीबाट रु १६ करोडको क्षति 

साउनको अन्तिम साता आएको अविरल वर्षापछिको बाढीले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयद्वारा निर्माण गरिएको बाँध लगायतका पूर्वाधार क्षतिग्रस्त हुँदा रु १६ करोड ४४ लाख मूल्य बराबरको क्षति भएको छ । 

बाढी तथा अन्य प्राकृतिक प्रकोप नियन्त्रणका लागि सप्तरी, सिराहा र उदयपुरमा सो कार्यलयबाट विगत दुई वर्षदेखि निर्माण गरिएको बाँध, नदी नियन्त्रणका पूर्वाधार, कल्भर्ट, ग्राविलिङ बाटो, बाँसको कच्ची तटबन्ध लगायतका पूर्वाधार क्षतिग्रस्त भएको कार्यालयका प्रमुख रामनरेश मण्डलले बताउनुभयो । 

त्यस्तै चुरे क्षेत्रको संरक्षणका लागि शुरु गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गतको पूर्वाधारमा पनि क्षति पुगेको बताइएको छ । सप्तरीको महुली तथा खड्ग नदी नियन्त्रणका लागि निर्माण गरिएको बाँध पाँच किमीसम्म क्षतिग्रस्त भएको छ । 

साउनको अन्तिम साता बाढी आउँदा माहुली बजारलगायत त्यहाँका एक दर्जन गाउँमा क्षति हुन नदिन र बाँध फुट्न नदिन सो कार्यालयले बोरामा बालुवा हालेर, घाँसपात र तारको जाली बाँसको तटबन्ध बनाएर बाँध सुरक्षित गर्ने प्रयास गरेको थियो । बाढी अत्यधिक भएकाले बाँध बचाउन नसकिए पनि स्थानीय बासिन्दालाई ठूलो क्षतिबाट जोगाउन सफल भएको कार्यालय प्रमुख मण्डलले बताउनुभयो । हाल उक्त कार्यालयका इञ्जिनियर अरुण झाको नेतृत्वमा बाँध नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द