2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न

असोज १३, मुस्ताङ (रासस) |  हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । 

मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । 

दुई वर्षअघि देखि शुरु भएको कालोपत्रको काम दशैँअगाडि सम्पन्न भएको हो । १२ किमी लामो सडक कालोपत्र गरिएसँगै प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज भएको छ । 

जिल्लामा झण्डै २५० किमी सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडकखण्डमा कालोपत्र भएको छैन । कालोपत्र गर्नका लागि दुई महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो । साँघुरो सडक, मौसमको प्रतिकूलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोडको लागतमा कालोपत्र गरिएको तिवारीले जानकारीले दिनुभयो । 

जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्र भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्र गर्ने तयारी शुरु भएको छ । जिल्लाको सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकखण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडकखण्ड कालोपत्र नहुँदा सडक मार्ग हँुदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल