2026-10-02 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार निरन्तर ओरालोतिर

2026-07-29

काठमाडौँ | सेयर बजार घट्नेक्रम आज पनि रोकिएन। अघिल्ला दुई कारोबार दिन मंगलबार र सोमबार घटेको नेप्से परिसूचक बुधबार पनि नकारात्मक बनेको हो। योसँगै नेप्से लगातार तेस्रो कारोबार दिन घटेको छ। यसदिन नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन मंगलबार ४.६४ अंकले घटेको नेप्से परिसूचक सोमबार ३३.२८ अंकले घटेको थियो। सोमबार ६ अर्ब ८ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएको थियो। आज ३४३ स्क्रिप्सको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १८६ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एभरेष्ट कलरको सेयर १४.९९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन पावर पाटर्नर शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २२ करोड ४८ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै खानिखोला हाइड्रोपावरले २१ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्स र कर्पोरेट डेभलपमेन्ट बैंकले १७/१७ करोड बराबरको कारोबार गरे। अदर्श समूह र म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल