२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा

२०७४, २४ कार्तिक शुक्रबार ०३:१९

कात्तिक २४, बैतडी (रासस) | आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उहाँले बताउनुभयो । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले मदिराको कारोबारमा रोक लगाउने निर्णय भएको हो । 

मदिराको कारोबार रोक्नका लागि प्रत्येक स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरिसकिएको छ । 

निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा मंसिर १० गते निर्वाचन हुँदैछ । 

मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुग्यो 

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मतपत्र बाहेकका निर्वाचन सामग्री बैतडी आइपुगेको छ । 

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा जिल्ला निर्वातन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनका बेला आवश्यक पर्ने निर्वाचन सामग्री, मतदाता शिक्षा सामग्री लगायतका आवश्यक सामग्री पुगेका हुन् । 

बैतडीमा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम कात्तिक २६ गते हुने भएको छ भने मतदाता शिक्षा स्वयंमसेवकलाई कात्तिक २५ गते तालीम दिइने भएको छ । 

निर्वाचन केन्द्रित बैतडीका राजनीतिक दलले आजभोलि प्रचारप्रसारलाई तीव्र गति दिएका छन् । सबै राजनीतिक दल गाउँकेन्द्रित भएर आ–आफ्नो पक्षमा मत पार्न सक्रिय भएका छन् । बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई सिट रहेको बैतडीमा १२ जना चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु