2026-07-26 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिलोत्तमा नगर क्षेत्रमा गौशाला व्यवस्थापनमा जोड

पुस ४, बुटवल (रासस) | रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । 

जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने, फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुनेलगायत नगर क्षेत्रकै सुन्दरतामा समस्या आउने भएकाले चौपाया नियन्त्रण गर्न आग्रह गरिएको छ । 

रुपन्देही, तिलोत्तमा नगरपालिकामा गौशाला व्यवस्थापनका विषयमा नगरपालिका र गौशाला व्यवस्थापन समितिको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । छाडा चौपायालाई गौशालासम्म पुर्याउन समस्या भइरहेका बेला सोमबार नगरपालिकाले व्यवस्थापन समितिसँग गरेको संयुक्त छलफलले छाडा चौपायालाई गौशालासम्म पुर्याउन सरोकार भएका अन्य निकायसँग सहयोग माग्ने निर्णय गरेको छ । 

बैठकमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले छाडा चौपायाले वन संरक्षणमा पनि चुनौती थपेकाले यसमा सुरक्षा निकायको सहयोग मागिने जानकारी दिनुभयो । 

गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले सडकमा डुल्ने साँढेलाई गौशालासम्म पुर्याउन निकै चुनौतपूर्ण रहेको बताउँदै सबैको सामूहिक प्रयासले मात्र समस्याको समाधान हुने बताउनुभयो । शंकरनगर र करहिया सामुदायिक वन उपभोक्ता समूहको चार बिघा क्षेत्रफलमा गौशाला रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ