2026-09-19 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

पुस १९, चौतारा । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ । 

सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् । 

भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गर्नुभएको थियो । 

तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन् । अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीका रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भएका छन् । 

गएको दशैँयता धेरैजसोले आवास निर्माण शुरु गरेका छन् । तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन् । 

केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन् । 

बढी मूल्य तिर्दा पनि समयमा सामान नपाउँदा काम नै रोक्नु परेको भन्दै कतिपय लाभग्राहीले गुनासो गरेका छन् । यसका साथै ढुवानी भाडामा पनि व्यापक वृद्धि भएको छ । खोलामा गिट्टी र बालुवाको समेत अभाव भएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुुसार ३६ हजार २७५ जना अर्थात ४६.१८ प्रतिशतले आवास निर्माण कार्य शुरु गरेका छन् । 

जिल्लामा शुरुमा ७८ हजार ५३७ लाभग्राही अर्थात ९६.४८ प्रतिशतले पहिलो किस्ताको सम्झौता गरिसकेका छन् । पाँच हजार १२६ जनाले गुनासोमा नाम दर्ता गरेपछि हाल लाभग्राहीको संख्या ८३ हजार ६६३ पुगेको छ । 

त्यसमध्ये ७५ हजार ६५२ अर्थात ९६.१८ प्रतिशतले पहिलो किस्ता लगेका छन् भने २५ हजार ५१७ अर्थात ३२.४९ प्रतिशतलाई दोस्रो किस्ताको लागि सिफारिश गरिएको छ । 

त्यस्तै, चार हजार ८०३ जनालाइ तेस्रो किस्ताको सिफारिश गरिएकाले अझै दुई तिहाइले घर बनाउन बाँकी भएको सो कार्यालयका निमित्त प्रमुख टंक गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई