2026-10-14 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फागुन २ गतेबाट ‘प्रथम अछाम महोत्सव २०७४’ हुँदै

पुस २५, अछाम । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा प्रथम अछाम महोत्सव सञ्चालन गरिने भएको छ । 

अछाम उद्योग बाणिज्य सङ्घको आयोजनामा  आउदो फागुन २ गतेदेखि १० गतेसम्म महोत्सव गरिने भएको हो ।

 स्थानीय उत्पादन, कृषि, औधोगिक, सास्कृतिक एवम् पर्यटन विकासका लागि प्रथम अछाम महोत्सव २०७४ नाम दिइएको महोत्सव को तयारीका लागि अछाम उद्योग बाणिज्य सङ्घले विभिन्न गतिविधि पनि सुरु गरेको छ । सङ्घले आज जिल्ला स्थित सरोकारवालासङ्ग अन्तरक्रिया गरि सुझाव लिएको छ । 

कार्य बाहक अध्यक्ष महेन्द्र कडायतको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागी सरोकारवालाले महोत्सव सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 

कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाले अछाम जिल्लाको कृषि, पर्यटन, स्थानीय उत्पादन, औधोगिक तथा सास्कृतिक क्षेत्रको प्रचार प्रसारमा लागी महोत्सवले निकै टेवा पुरयाउने बताउनुु भयो । 

यसले जिल्लामा नै सकारात्म अभियान फैलाउने भएकाले सफल पार्न सबैलाई आ आफनो तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी लाल बहादुर बिष्ट, नेकपा एमालेका जिल्ला सदस्य शिलोज कुवर, माओवादी केन्द्रका केन्द्रिय सदस्य बम बहादुर रावत, अछामका प्रहरी प्रमुख डियसपि दधिराम न्यौपाने लगायत सरोकारवालाले महोत्सव लाई सफल पार्नका लागि सबै स्थानीय तहसंग पनि सहकार्य गर्न सुझाव दिएका थिए । 

जिल्लाको सबै क्षेत्रको सहभागिता गराई समग्र पहिचान झल्काउने गरि महोत्सव गर्न र सो अनुसारको परामर्श गर्न सरोकारवालाले सुझाव दिएका थिए । 

महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी, पर्यटन प्रबद्र्धन, कला सस्कृतिको जगेर्ना, व्यापार र औद्योगिक मेला सञ्चालन गर्ने र बिभिन्न स्टलहरु राखिने अछाम उद्योग बाणिज्य सङ्घले जनाएको छ । जिल्लाको पहिचान, कृषि, पर्यटन र व्यापार प्रबद्र्धनमा महोत्सवले बिशेष जोड दिने अछाम उद्योग बाणिज्य सङ्घले दाबि गरेको छ । 

आयोजकले विभिन्न तयारिका लागि उपसमिति गठन गरि परिचालन कार्य समेत सुरु गरिसकेको जनाएको छ । अन्तरक्रियामा सङ्घका उपाध्यक्ष राम बहादुर शाहले महोत्सवको लक्ष्य र उद्देश्यबारे जानकारि गराएका थिए भने सहजिकरण महासचिव बम बहादुर रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश