2026-11-02 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोक: बाह्रविसेदेखि कर्थलीसम्मको बाटो कालोपत्र हुँदै, गाउँले खुशी

 पुस  २८,  सिन्धुपाल्चोक, (रासस) । सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो । 

बाह्रविसे नगरपालिकाको बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ । 

बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घण्टा हिँडेर बाह्रविसे बजार पुग्ने गरेकामा अहिले एक घण्टामा नै बजारबाट घर पुग्दा साह्रै खुशी देखिनुहुन्थ्यो । “धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो, साह्रै खुशी छु,”, उहाँ भन्नुहुन्छ । 

यस्तै, सोही गाउँका २७ वर्षीय विकास लामा दोलखा र चीनसम्म जोड्ने बाटो आफ्नै गाउँबाट जान लाग्दा साह्रै हर्षित देखिनुहुन्थ्यो । “यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन, आज कालोपत्र हुँदैछ, अब गाउँमा बस्दा पनि आनन्द लागेको छ”, उहाँ भन्नुहुन्छ । उहाँ गाउँका कोही व्यक्ति बिरामी भयो भने पनि घरमै एम्बुलेन्स आउने बताउनुहुन्छ । 

उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौँदेखिको नजिकको मार्ग हो । बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झण्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ । 

कर्थलीका ४७ वर्षीय पासाङ शेर्पा गाउँमै कालोपत्र सडक आएपछि अब दुःखका दिन गएको बताउनुहुन्छ । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर चार घण्टा उकालो चढ्नुपथ्र्यो, आज कालोपत्र सडक गाउँमै आएको छ, अब सामान गाडीमा राखेर घरमा ल्याउन पाइने भइयो, खुशीको सीमा नै छैन,” उहाँ भन्नुहुन्छ । 

सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ । उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन् । 

सो सडक सोही क्षेत्रका तत्कालीन सांसद एवम् वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा कालोपत्र हुन लागेको हो । मन्त्री बस्नेत जिल्लाको पूर्वी, उत्तरी क्षेत्र र दोलखा हुँदै चीनसम्म यातायातका साधनलाई सहज आवागमनका लागि उक्त मोटरबाटोलाई प्राथमिकतामा राखेर कालोपत्रको काम शुरु गर्न लागेको बताउनुहुन्छ । 

“यो बाटोले निकट भविष्यमा नेपाललाई चीनसँग जोडेर दुई देशबीचको सम्बन्ध र व्यापार–व्यवसायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ,” मन्त्री बस्नेत भन्नुहुन्छ । 

निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको बताउनुहुन्छ । हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको नौ किमी सडक रु ३३ करोडमा निर्माण हुन लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द