2026-09-12 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरगञ्ज भन्सारमा छ महिनामा ५९ अर्ब राजश्व संकलन

माघ ९, वीरगञ्ज  | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । 

इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । 

चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट रु २१ अर्ब ७९ करोड र इन्धनबाट रु सात अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ । 

गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर रु १८ अर्ब ७४ करोड ८० लाख मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो । चालु आवको छ महिनाको अवधिमा भारतबाट रु ३५ अर्ब १० करोड ४५ लाख ९१ हजारको इन्धन, रु १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, रु ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, रु चार अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, रु ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा रु सात अर्ब १३ करोड सात लाख ७१ हजारको एलपी ग्यास नेपाल भित्रिएको छ । 

गुणस्तर प्रमाण चिन्ह लिन आदेश 

गुणस्तर प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको नारायणी अञ्चलका ग्यास उद्योगलाई सरकारले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन समयसीमा तोकेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । 

नारायणी अञ्चलमा रहेको १२ वटा ग्यास उद्योगमध्ये बाराको परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले मात्र त्यस्ता प्रमाण चिन्ह लिएको र अन्य ११ वटा ग्यास उद्योगले कानूनी प्रक्रिया पूरा नगरेकाले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन सरकारले आदेश दिएको कार्यालय प्रमुख राकेशकुमार झाले बताउनुभयो । 

‘बोटनीङ प्लान’अन्तर्गत सञ्चालनमा रहेको त्यस्ता ग्यास उद्योग ठिक छ, छैन भन्ने सम्बन्धमा सरकारबाट गुणस्तर तथा आइएसओ प्रमाण चिन्ह लिनुपर्ने कानूनी व्यवस्था रहेपनि अधिकांश उद्योग प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ । 

एक महिनाअघि वीरगञ्जको रघुनाथपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भई धनजनको क्षति भएपछि सरकारले यस्तो कदम चालेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन