2026-11-02 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलह अन्त्य गर्दै लघुवित्त

माघ २१, बनेपा | कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सदस्यहरूले गर्न थालेका छन् । 

बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँ इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो आर्थिक अवस्था कमजोर हुदा मलाई श्रीमान्ले राम्रो व्यवहार गर्नुभएको थिएन तर अहिले हामी दुबै मिलेर बसेका छौ ।” 

“संस्थामा आवद्ध भएपछि पहिलोपटक रु १५ हजार क्रण लिएर भैँसी किने र त्यसबाट केही कमाई हुँदै गएपछि पुनः रु २० हजार ऋण लिएर तरकारी खेती गरे त्यसपछि झन आम्दानी बढ्दै गएकाले अहिले रु २२ लाखको सम्पत्ती जोडेको छु देवकोटाले भन्नुभयो ।” 

वित्तीय संस्थाबाट पाएको व्यावसायिक तरकारी खेती तालीमबाट आधुनिक तरिकाले तरकारी खेती गरेर मनग्य लाभ लिएको सुनाउदै उहाँले भन्नुभयो– “मेहनतले हामीलाई लगनशील बनाएको छ । ” 

वित्तीय संस्थाबाट लिएको ऋणबाट तरकारी खेतीका साथसाथै झण्डै छसय कुखुरापालन समेत गरेको जानकारी दिँदै देवकोटाले चारआना घडेरी पनि किनेर अब घर बनाउने तयारीमा लागेकी छु भन्नुभयो । 

उहाँले त्यसबाट भएको आम्दानीबाट आफ्ना दुई छोरालाई पनि बोर्डिङ स्कुलमा पढाएको र श्रमको फल पाउदा हर्षित भएको छु भन्नुभयो । 

उहाँजस्तै पनौती नगरपालिका–६ की गोमा न्यौपानेको जीवनमा पनि परिवर्तन आएको छ । “मैले धेरै दुःख पाए आफ्नै पतिले पनि मलाई विश्वास गरेनन् तर अहिले सबै परिस्थीति फेरिएको छ” उहाँले भन्नुभयो । 

“संस्थामा आवद्ध भएपछि शुरुमा रु २० हजार ऋण लिएर गाई किने पछि पुनः ऋण थपेर गाईको संख्या बढाएपछि आम्दानीको स्रोत बढ्दै गएकाले अहिले मलाई पैसाको समस्या छैन” न्यौपानेले भन्नुभयो । 

उहाँले अहिले पेशा परिवर्तन गरेर फर्निचर उद्योग खोलेको जानकारी दिँदै भन्नुभयो “अहिले मेरो सम्पत्ति करिब रु ८० लाख पुगेको छ ।” 

तेह्र वर्षदेखि उक्त संस्थामा आवद्ध न्यौपानेले गरेको लगानीबाट पाएको प्रतिफलले साढे तीन आना घडेरीसमेत किन्नुका साथै फर्निचर उद्योगमा पाँच जनालाई रोजगारी समेत दिएकी छु भन्नुभयो । 

उक्त संस्थाका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख निकेश अधिकारीले लघुवित्तमा आबद्ध समाजका सदस्य आर्थिक रुपमा सम्पन्न हुँदै आएकोे बताउनुभयो । 

उहाँले भन्नुभयो– “आयआर्जनका लागि लघुवित्त सबै भन्दा सहज भएकोले यसको विश्वास झन बढदै गएको छ ।” 

अधिकारीले लघुवित्तको ऋणलाई सदुपयोग गरेर जीवनस्तरलाई अझ समृद्ध बनाउन सुझाव दिँदै छलफबाट आएको निष्कर्षपछि संस्थाले नयाँ योजना ल्याउने बताउनुभयो । 

संस्थाका क्षेत्रीय प्रबन्धक प्रदिपकुमार सिंहले संस्थालाई अझ बढी प्रतिष्पर्धी बनाउन नयाँ योजनाले सहयोग गर्ने उल्लेख गर्नुभयो । जिल्लाको सात नगरपालिकामा सेवा दिँदै आएको छिमेक लघुवित्तले रु १२ करोड ८३ लाख ६२ हजार ८१३ बचत संकलन गरेको छ भने रु सात करोड १५ लाख पाँच हजार ६० ऋण लगानी गरेको छ । 

जिल्लामा उक्त संस्थाको ३०१९ सदस्य छन् । ६२ वटा जिल्लामा १२६ कार्यालय रहेको सो संस्थाको चुक्ता पुँजी रु एक अर्ब पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द