Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोट सहित भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको इन्टरनेट संचालनमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवामा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको जनाएको छ ।

सोमबार नेपाल टेलिकमको बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा यस बिषयमा जानकारी गराईएको हो ।

टेलिकमका अनुसार चार जिल्लाका ७४७ सर्भिस पोइन्ट मध्ये सिन्धुपाल्चोकको १२, काभ्रेपलान्चोकको ८, नुवाकोटको २६ र रसुवाको ९ गरि ५५ सर्भिस पोइन्टबाट बिभिन्न नगरपालिका, बिद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट संचालन सुरु गरिएको छ । बाँकी सर्भिस पोइन्टमा पनि इन्टरनेट सेवा उपलब्ध गराउने काम भईरहेको टेलिकमले जनाएको छ ।

टेलिकमले बाँकी स्थानमा एक महिना भित्र ५० प्रतिशत कार्य सम्पन्न हुने बताएको छ ।