2026-08-29 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र

कमल रावल/माघ २४, अछाम । यहि फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र गतिमा अघि बढेको छ । 

महोत्सव मुल आयोजक समितिले महोत्सव तयारीका लागि बिभिन्न गतिविधिहरु गरिरहेको जनाएको छ । महोत्सवका लागि प्रचारप्रसार कार्य तिब्र भईरहेको छ भने मुख्य प्रायोजक र प्रायोजकहरु संगको समझदारी करिब अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका सदस्यसचिव रमेश रावतले बताउनुभयो । 

पञ्चदेव, स्थानीय उत्पादन, साहित्य, संस्कृति शिक्षा र पर्यटन विकासका लागि भन्ने मुल नारा सहित आयोजना हुन लागेको महोत्सवका लागि कुन कुन कलाकार आउने भन्ने फाईनल गरिसकिएको छ भने ब्रोसर, ब्यानर लगायतका प्रचार सामग्रि छपाई तथा टिकट छपाई कार्य भईसकेको जनाईएको छ । महोत्सवका लागि करिब १ लाख टिकट छापिएको सदस्य सचिव रावतले जाँनकारी दिनुभयो । 

महोत्सव मार्फत छाउपडी कुप्रथा न्यूनिकरणका लागि सन्देशमुलक स्लोगन समेत राखिएको जनाईएको छ । महोत्सव मार्फत जिल्लाको पर्यटन विकास, ब्यापार प्रर्बद्धन, कला संस्कृतिको संरक्षण र शैक्षीक विकासमा टेवा पुर्याँउने लक्ष राखिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष टंक बहादुर धामीले बताउनुभयो । 

करिब ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा पर्यटकीय स्थल र स्थानीय उत्पादनको प्रचार एवम प्रर्बद्धनलाई समेत बिशेष जोड दिईने जनाईएको छ । 

यसैविच महोत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनुहुने भएको छ । प्रचण्डलाई महोत्सवको उदघाटनका लागि निमन्त्रणा गरिसकिएको महोत्सव मुल आयोजक समिति अध्यक्ष टंक बहादुर धामीले बताँउनुभयो । 

यस्तै महोत्सवमा एक करोड २० लाख खार्थिक संकलन हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह