2026-07-25 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

फागुन १४, धुलिखेल | अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । 

सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । 

स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत कार्य सम्पन्न नगर्दा यहाँ चलेको सवारीसाधनको धुलोबाट हैरानी ब्यहोर्नु परेको बताउनुभयो । “सडक कहिल्यै बनाउँदैनन्, लुगा धोएर सुकायो भने सबै धुलोले छपक्कै ढाकिदिन्छ ।” 

समयमा नै काम सम्पन्न नहुँदा आफूहरूले निकै समस्या ब्यहोरिरहेको मोटरसाइकल चालक रेशम लामाले बताउनुभयो । उहाँले सरकार र ठेकेदारबीच मिलेर छिट्टै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै आफूहरू सोही बाटो हिँड्दा बर्सादी ओढेर हिँड्नु परेको गुनासो गर्नुभयो । 

अर्का सवारी चालक सिन्धुपाल्चोक मेलम्चीका इन्द्रबहादुर थापाले सोही बाटो भएर कैयौँ बिरामी ओसारपसार गर्नुपर्नेेदेखि गाउँगाउँबाट सोही बाटो आवतजावत गर्नुपर्ने भएकाले बाटो समयमा नै नबन्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले सरकारको लापरबाही भएको पाइएको उल्लेख गर्दै स्थानीय बासिन्दाले जागरुक भएर आवाज उठाउनुपर्ने बताउनुभयो । 

सो सडक खण्डअन्तर्गत धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर बाटो मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो । जसमा खाबादेखि पाँचखालसम्मको ११ किलोमिटर सडक मर्मत भइसकेको भए पनि खाबादेखि धुलिखेलसम्मका सडक भने अझै काम सम्पन्न नगरिदिँदा यात्रु तथा स्थानीय बासिन्दाले समस्या खेप्नुपरेको हो । 

भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खाबासम्मको सडक मर्मतका लागि पुनःनिर्माण प्राधिकरणले समयमा नै उपलब्ध गराउनु पर्ने रकम निकासा नगरिदिँदा ठेकेदार कम्पनीले काम नगरिदिएको बताउनुभयो ।  

सो राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोही राजमार्ग भएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा सवारीसाधन चल्ने गरेको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक