2026-08-29 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा बैशाख १ बाट आर्थिक गणना हुने

कमल रावल | चैत २७, अछाम | अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरोकारवालालाई जानकारी गराईएको छ । देशभरि झै बैशाख १ गतेबाट अछाममा पनी राष्ट्रिय आर्थिक गणना सुरुहुने पनी सबैलाई जानकारी गराईएको हो । चैत देखी असार मसान्त सम्म ४ महीना जिल्लामा मंगलसेन र साफेबगरमा कार्यालय स्थापना गरि कामको थालनी हुने भएको हो । 

जिल्लाका १० वटै स्थानिय तहमा बैशाख १ गते देखि जेठ १५ गतेसम्म गणकलाई प्रत्येक स्थानमा खटईने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय अछामको आयोजनामा भएको कार्यक्रममा सहभागि सबै सरोकारवालाले यो अभियानलाई सफल पार्न आ आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता जनाएका थिए । कुनैपनी ब्यक्तिलाई करको दायरमा ल्याउनका लागि नभई समृद्ध राज्य निमार्णका लागि टेवा पुग्ने भएकाले यो कार्यलाई सफल पार्न सबे लागि पर्ने बताएका हुन । निमित्त प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल रहनु भएको थियो । प्रमुख अतिथी रावले आर्थिक गणनाले राज्यलाई महत्वपुर्ण योगदान दिने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । 

केन्द्र, जिल्ला, स्थानिय तहसम्म सबैसँगको सहकार्य समन्वयलाई दरिलो बनाउदै जानु पर्नेमा उहाँको जोड दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी तुला बहादुर काउचाले यो गणनाले ऐन कानुन निर्माण गर्न र विभिन्न अध्ययन सपल पार्न टेवा पुग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । सहभागि सबैलाई कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै जिल्ला आर्थिक गणना कार्यालयका अधिकृत अनील चौधरीले कसैलाई करको दायरमा ल्याउनका लागि नभई राष्ट्रको निती निर्माण तय गर्नका लागी भएको बताउनु भयो । सबैको सँकलन गोप्य रहने  भएकाले ठुलो बजार क्षेत्र, अस्पताल, औद्योगिक क्षेत्र, होटल तथा ब्यापार ब्याबसाय बाट आर्थिक गणना गरिने भएकाले सबैलाई सहयोग गरिदन उहाँले आग्रह गर्नु भयो । 

छलफलमा अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपाने, गैसस महासघ अछामका अध्यक्ष खड्क खडका, अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, वाणिज्य महासँघ केन्द्रिय सदस्य देवराज उपाध्याय, व्यापारिको तर्फबाट नर बहादुर रावल, जेसिज अछाम बर्ष २०१८ का अध्यक्ष खेमराज ढुगाना लगाएत सरोकारावालाको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन दिपकराज पाण्डेले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था