2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोबाइलबाटै पानी खोल्न र बन्द गर्न सकिने, खानेपानीमन्त्रीद्वारा उद्घाटन

वैशाख ८, बनेपा (रासस) | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । 

सो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा पुर्याउन गरिएको काम सराहनीय रहेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीमा खानेपानी पुर्याउनु निकै चुनौतीपूर्ण रहेको समेत बताउनुभयो । 

सो कार्यक्रममा उहाँले बजारीकरण र सहरीकरण उन्मुख क्षेत्रहरुमा स्वच्छ खानेपानी, ढल निर्माण र सरसफाइको कामलाई योजनाबद्ध रुपमा विकास गर्ने योजनामा मन्त्रालय अगाडि बढिरहेको उल्लेख गर्नुभयो । 

विशेषगरी हिमाली र पहाडी भेगका महिलाले संघर्षपूर्ण जीवन व्यतित गरिरहनु परेको बताउँदै पहाडी भेगमा पनि ट्युबवेल सञ्चालन गर्न सकिने क्षेत्रहरु खोजिरहेको र केही ठाउँमा डिप ट्युबवेल सञ्चालन गरी खानेपानी असहजतालाई पूर्ति गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । त्यसमा पनि अझ प्रभावकारी लिफ्ट प्रविधिको खानेपानी रहेकाले त्यसलाई व्यवस्थित गर्न खोजिराखेको उहाँको भनाइ छ । 

माथिको तश्विरमा; खानेपानी मन्त्री बीना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा शनिबार काभ्रेपलाञ्चोकको बुढाथोकी गाउँमा लिफ्ट खानेपानी तथा सरसफाइको समुद्घाटन गर्दै । तस्वीर: पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

…….

अस्थिर सरकारका कारण गाउँबस्तीले असहजता भोगिरहनुपरेका अवस्थामा अहिले स्थिर सरकार निर्माण भइसकेको उल्लेख गर्दै उहाँले गाउँघरमा पानीको अभाव रहेको भएपनि त्यसलाई पूर्ति गर्न भएका पानीको स्रोतलाई परिचालन गरी राज्यको महत्वपूर्ण आर्थिक स्रोतका रुपमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । पानीलाई प्रयोग गरेर उद्योग र कलकारखाना सञ्चालन गर्न सकिने, जसले समृद्ध नेपाल निर्माण गर्नमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

उहाँले मोबाइलको प्रयोग गरेर सन्देशको भरमा पानी सञ्चालन हुने र बन्द हुने प्रविधि प्रयोग गरेर गरिएको काम उदाहरणीय भएको बताउनुभयो । सरकारले खोजिराखेको विश्वमा उपयोगमा आइरहेको प्रविधिलाई व्यवहारत प्रयोग गर्ने उपभोक्ता समिति सबैको उदाहरण बनेको उहाँको भनाइ थियो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश बनाउने संकल्प लिएकाले अबको सरकारले त्यसलाई पूर्णता दिने बताउनुभयो । देशले प्रगति गर्नको निम्ति संकल्प गर्नुपर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताउनुभयो । उहाँले अब अभावको जिन्दगी नचल्नेसमेत बताउनुभयो । 

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजना नयाँ प्रविधिमा जिएसएम कन्ट्रोल प्यानल जडान भएको छ । 

एक्वाटेक प्रालिका कार्यकारी निर्देशक बजरङ्ग जैनले मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने बताउनुभयो । उहाँका अनुसार देशका जुनसुकै कुनामा पुगे पनि पानी खोल्न र बन्द गर्न सो मोबाइलमा भएको एप्सको प्रयोगबाट पानी खोल्न र बन्द गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु पर्दैन । 

खानेपानीको निकै अभाव झेल्दै आएका त्यहाँका स्थानीय बासिन्दाका लागि खानेपानी उपभोग गर्न गाउँदेखि तल रहेको खोल्साबाट लिफ्टिङ पद्धतिबाट खानेपानी आयोजना सम्पन्न गरिएको हो । उक्त खानेपानी आयोजना त्यहाँका स्थानीय उपभोक्ताको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका ३२२ जना उपभोक्ताका लागि कूल ४२ लाख ५२ हजार ५८७ लागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई