२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र

२०७५, ११ बैशाख मंगलवार ०९:१८

आदित्य दाहाल/वैशाख ११ मेलम्ची | गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ । 

जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३ ले निर्माण सकिसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख टंकप्रसाद गौतमले जानकारी दिनुभयो । 

जिल्लाबाट पहिलो किस्ताका लागि ७८ हजार ५३५, दोस्रो किस्ताका लागि ६२ हजार १५१ र तेस्रो किस्ताका लागि १४ हजार ७७३ लाभग्राहीको सिफारिस भइसकेको छ । सिन्धुपाल्चोकबाट हालसम्म भूकम्पपीडित लाभग्राहीमध्ये ७५ हजार ८३९ ले पहिलो किस्ताको रु ५० हजार लिइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोकका प्रमुख लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो । 

निरौलाका अनुसार घरको डिपिसी गरेपछि आउने दोस्रो किस्ताअनुरुपको एक लाख ५० हजार रुपियाँ ५१ हजार ६८७ जनाले पाइसकेको जानकारी दिनुभयो । निर्माण सम्पन्न गरेपछि दिइने तेस्रो किस्ता सात हजार २४७ ले पाइसकेको बताइएको छ । 

मंगलबारसम्म पहिलो, दोस्रो र तेस्रो किस्ता गरी कूल रु १२ अर्ब २७ करोड सम्बन्धित लाभग्राहीलाई वितरण गरिएको कोलेनिका सिन्धुपाल्चोकले जनाएको छ । गाउँपालिका र नगरपालिका गरी जिल्लाका १२ स्थानीय तहमा अहिले आवास पुनःनिर्माणले गति लिएको छ । भूकम्पको तीन वर्ष पुग्न लाग्दा गएको वर्षको तुलनामा भन्दा पछिल्लो समयमा पुनःनिर्माणले तीव्रता पाएको छ । 

पहिलो किस्तावापतको रकम लिएर आवास निर्माण नगर्नेले पनि दोस्रो किस्ताका लागि निश्चित समयभित्र डिपिसी गरिसक्नुपर्ने भनी सरकारले तोकेको समयसीमाले पनि पुनःनिर्माण अगाडि बढेको हो । 

मेलम्ची नगरपालिका– १० का लीलानाथ दाहालले सरकारको समयसीमाकै कारण आफूले पुनःनिर्माणलाई तीव्रता दिएको बताउनुभयो । लामो समय टहरा र त्रिपालमै जीवन चलाएका जिल्लाका भूकम्पपीडितले अब सरकारी अनुदानको सहयोगमा बनेको भूकम्पप्रतिरोधात्मक घरमा बस्न पाउने भएका छन् । 

भूकम्पपीडित लाभग्राहीमध्ये अहिले प्रायः सबैले आवास पुनःनिर्माणलाई गति दिएका छन् । लामो समय चिसो र बर्खामा कष्टकर जीवन बिताएको बताउँदै शिखरपुरका हेमराज खतिवडा घर निर्माणसँगै यस वर्षदेखि पहिलेजस्तो कष्टकर जीवन बिताउन नपर्नेमा खुशी हुनुहुन्छ । 

जिल्लामा अहिले अधिकांश आवास निर्माणमा जुटेका छन् । जिल्लाभरी घर निर्माणको पहिलो चरण डिपिसी गर्नेदेखि लिएर निर्माण सम्पन्नता प्रमाणपत्र लिनेको होड नै चलेको छ । “कष्टकर तीन बर्खा, चिसो र गर्मी त्रिपाल र टहरामा बितायौंँ अब त्यो अवस्थाबाट छुट्कारा पाएका छौँ”,भोटेचौरका दिनेश चौलागाईं भन्नुहुन्छ, “गाउँदेखि पूरा जिल्लावासी नै अहिले पुनःनिर्माणमा जुटेका छन् जसले यो बर्खादेखि पानी ओत लाउने भूकम्पप्रतिरोधात्मक घरमा ढुक्कसँग बस्न पाउनेछन् ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो