९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा आर्थिक गणना तीव्र

२८ बैशाख २०७५, शुक्रबार ०८:२१

वैशाख २८ भक्तपुर | वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । 

सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिनुभयो । 

यस्तै, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३७८, सूर्यविनायक नगरपालिकामा एक हजार ५२५ र चाँगुनारायण नगरपालिकामा ८६९ व्यवसायको आर्थिक गणना गरिएको छ । आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक जिल्लाभरी खटिएका छन् । गणक सबै व्यवसायिक आर्थिक एकाइ अर्थात प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गर्नेछन् । वैशाख र जेठमा आर्थिक एकाइको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने रावलले बताउनुभयो । 

इन्टरनेट र कागजी प्रश्नावली फारामको प्रयोग गरी आर्थिक एकाइको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गर्ने क्रम जारी छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?