2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा आर्थिक गणना तीव्र

वैशाख २८ भक्तपुर | वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । 

सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिनुभयो । 

यस्तै, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३७८, सूर्यविनायक नगरपालिकामा एक हजार ५२५ र चाँगुनारायण नगरपालिकामा ८६९ व्यवसायको आर्थिक गणना गरिएको छ । आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक जिल्लाभरी खटिएका छन् । गणक सबै व्यवसायिक आर्थिक एकाइ अर्थात प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गर्नेछन् । वैशाख र जेठमा आर्थिक एकाइको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने रावलले बताउनुभयो । 

इन्टरनेट र कागजी प्रश्नावली फारामको प्रयोग गरी आर्थिक एकाइको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गर्ने क्रम जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई