2026-09-14 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नरैनापुरको बजेट ४० करोड ३१ लाख

साउन १, नेपालगञ्ज | नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यकम पारित गरेको छ । 

गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पूर्वाधार विकास, गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, कृषिको आधुनिकीकरण, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ । 

पूर्वाधार निर्माणका लागि रु ११ करोड, सौर्य ऊर्जाका लागि रु तीन करोड, स्वास्थ्यमा रु ८२ लाख, कृषि र पशुपालनका लागि रु ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि रु एक करोड २० लाख र लैङ्गिक समानता तथा समावेशीकरणका लागि रु एक करोड विनियोजन गरिएको छ । 

हरियाली कार्यक्रम 

वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र कम छ । 

ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण र सचेतीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन विस्तार गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले