२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

२०७५, १ श्रावण मंगलवार ०९:४४

असार ३२, भक्तपुर | भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत रु ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट रु ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताउनुभयो । 

त्यस्तै व्ययतर्फ युवा तथा खेलकूद समितिका लागि रु एक करोड ८० लाख, महिला तथा बालबालिका समाज कल्याणका लागि रु ३० लाख, वातावरण तथा पर्यटनतर्फ रु एक करोड, कृषितर्फ रु ८५ लाख, आर्थिक सण्मितिका लागि रु ७८ लाख, निर्माण समितिका लागि रु १२ लाख, खानेपानी व्यवस्थापनका लागि रु ३५ लाख, विधेयक समितिका लागि रु दुई लाख, न्यायिक समितिका लागि रु १० लाख र शिक्षा, स्वास्थ्य तथा सांस्कृतिकतर्फ रु दुई करोड ११ लाख बजेट विनियोजन गरिएको छ । 

चालू खर्चमा रु ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ रु ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरेको छ । क्रमागत योजनाका लागि रु १६ करोड ७३ लाख ७० हजार विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

कर प्रणालीमा सुधार, उपभोक्ता समिति वा अमानतबाट विकास निर्माणलाई प्राथमिकता, भूकम्पपीडितलाई नक्सामा छुटको व्यवस्थालाई निरन्तरता, ५५ झ्याले दरबार सर्वसाधारण र पर्यटकका लागि खुला गरिने र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई इँटा काठमा ३५ प्रतिशत अनुदान दिइनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड