Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बजेट सार्वजनिक

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, राजविराज | चालू आर्थिक वर्ष २०७५÷७६ का लागि खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख हेमायु हकले चालू आवको नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गर्दै चालूतर्फ रु ३२ करोड ५० लाख ३० हजार तथा पूँजीगततर्फ रु १७ करोड ८८ लाख ४५ हजार बजेट रहेको बताउनुभयो ।

‘समृद्घिको आधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार’ नाराका साथ आयोजना गरेको बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख हकले पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै कूल बजेटको ५७ दशमलब ४८ प्रतिशत विनियोजन गरिएको जानकारी दिनुभयो । उक्त शीर्षकमा नगरपालिकाले रु नौ करोड ७० लाख ६५ हजार विनियोजन गरेको छ । यस वर्ष नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ दशमलब ४८ प्रतिशत रकम विनियोजन गरेको छ ।

सामाजिक विकासका लागि रु तीन करोड तीन लाख ७५ हजार, आर्थिक विकासतर्फ रु ७७ लाख ३० हजार, संस्थागत विकास एवं सेवा प्रवाहतर्फ रु दुई करोड ४४ लाख पाँच हजार तथा वित्तीय व्यवस्थापन र सुशासनतर्फ रु १५ लाख विनियोजन गरिएको छ । रु ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । रासस