2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुख तेर्साएर खोला तर्दै बझाङ्गेहरु, हिडेर चार दिनमा सदरमुकाम

प्रेम सुनार | भदौ ७, बुटवल | भदौरे ठाडो खोला उर्लेर आएको छ । तर्नका लागि एउटा रुख तेर्साईको छ । भारी बोकेको मानिस बढो जोखिमले  खोला पार गर्दैछन । यो दृश्य हो विकट हिमाली जिल्ला बझाङको । बझाङको अति दुर्गम सैपाल गाउँपालिकास्थित त्यो एक  खोलाको मात्र दृश्य होईन, त्यस जिल्लाका अधिकांस खोलाहरुमा  सामन्य झोलुङ्गे पुलहरु उपयुक्त र प्रयाप्त छैनन । त्यहाँका अधिकांस खोलाहरुमा स्थायिनवासीन्दा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

ओली सरकारले गत वर्ष ९० तुईन विस्थापित गरी झोलुङ्गे पुला निर्माण गरेको समाचार आई रहँदा बझाङ्गमा भने तिनै विस्थापित तुईन लगेर राखी दिन पाए पनि केहि जोखिम कम हुन्थ्यो कि भन्ने लाग्छ । तस्वीरमा देखिने त्यस  जिल्लाको सैपाल गाउँपालिकाको एक  दृश्य हो यो ।  कहीँकतै भए पनि त्यो पर्याप्त छैन र उपयुक्त ठाउँमा पनि छैन  । पुल पुलेसाहरु नहुँदा   वर्षऔं देखि जोखिम मोल्न बाध्य भएको  स्थानीय सुरेन्द्र बोहरा बताउँछन् । 

गाउँमा झोलुङ्गे पुलसमेत नहुँदा कोही बिरामी परिहाले भने त्योभन्दा बढी आपत् अरु केही हुँदैन । उनले भने सरकारले तुईन भन्ने हटाएर पुल बनायो भन्ने सुन्दा हाम्लाई पनि पुल बनाई दिए कस्तो हुन्थ्यो ? अर्का स्थानीय दीपक बोहरा भन्छन –‘ विरामी,  सुत्केरी महिला र बूढापाकालाई जिल्ला अस्पतालसम्म पुर्याउन तीन दिनदेखि चार दिन  सम्म पैदल हिँड्नुपर्छ । 

गाउँपालिकाकै स्वास्थ्य चौकीमा लैजान दिनभर हिँड्नुपर्छ । कैयौँ खोलाखोल्सा पार गर्नुपर्छ । न हिँड्न राम्रो बाटोघाटो छ, न खोलाखोल्सा पार गर्न न पुलपुलेसा छन । कति बिरामीले समयमा अस्पताल नपुगेर अकालमै ज्यान गुमाउनु परेको  छ । कति सुत्केरीको बिचल्ली हुने गरेको छ यसको लेखाजोखा नै हुँदैन । वर्षायाममा पानीको बहाब बढेपछि खोला तर्न सक्ने सम्भावना नै हुँदैन तर नतरी सुखै छैन ।

गाउँमा कतिपय बिरामी उपचार नपाई ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् । कतिपय गाउँकै जडीबुटी सेवन गरी बाँच्नुलाई भाग्य मानिरहेका छन् । अझ त्यो भन्दा विकराल समस्या त के छ भने, बिरामी बोक्नेहरु पनि खोलानाला पार गर्दा डुबेर ज्यानै जानसक्ने जोखिमबाट मुक्त हुन सकेका छैनन् । प्रदेश नम्बर ७ को विकट हिमाली जिल्ला बझाङमा १२ स्थानीय तहमध्ये दुई नगरपालिका र १० गाउँपालिका छन् । तीनै स्थानीय तहमध्येको एक साइपाल गाउँपालिका पनि हो ।

सदरमुकामबाट झण्डै चार दिन पैदल यात्रा गर्नुपर्छ । यहाँका जनता सधैँ परिवारको कोही गुमाएजस्तो–हराएजस्तो गरी मुहारमा हाँसोरहित देखिन्छन् । प्रदेश सरकार र संघीय सरकारको नजरबाट समेत यो क्षेत्र ओझेलमा परेपछि स्थानीयको गुनासोको चाङ बनाउने नै भए । 

बझाङलाई पाँच वर्षमा समृद्ध बनाउने माननीय भैरबबहादुर सिंहको चुनावी पहिलो एजेन्डा पनि थियो । तर वाचा पूरा हुन त के, कामको सुरुवातसम्म भएन । अहिले जनतालाई लागिरहेको छ, ‘विकासका कुरा नेताहरुको भोट माग्ने भाषणकला मात्र हो, हाम्रो दुःख हामीसँगै भएको जनताको बुझाई छ ।’ 

जनता भनिरहेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेको आरोप जनताले लगाएका छन भने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने गाउँपालिकाबाट सम्बोधन हुन सक्ने योजना गाउँपालिकाबाट रकम विनियोजित गरी काम सम्पन्न गरेको र गाउँपालिकाबाट सम्भव हुन नसकिने योजनालाई प्रदेश सरकार केन्द्रीय सरकारलाई माग गरेको अध्यक्षले बताए । 

– बझाङ्गका पत्रकार आशिषबहादुर सिंहको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ