2026-11-02 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थाक्लेमा एकीकृत बस्तीका लागि जुटे स्थानीय

देवराज सुवेदी | असोज ११, मेलम्ची | मेलम्ची नगरपालिका १२ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेशनले ६५ घरको नमूना एकीकृत बस्ती निर्माण गरेसँगै सो वडाको थाक्लेमा एकीकृत बस्ती निर्माणमा स्थानीयवासी जुटेका छन् । 

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा थाक्लेमा ३१ घरको एकीकृत बस्ती निर्माण हुने भएको हो । 

घर निर्माणका लागि प्रयोग गर्न लागिएको वैकल्पिक इँटा सिएसइबी उत्पादनमा सीप विकास गर्ने उद्देश्यअनुरुप त्यहाँका २० जनालाई सात दिने सिएसइबी उत्पादन सीप विकास तालीम प्रदान गरिएको छ । परियोजनामार्फत थाक्लेमा ३१ घरको एकीकृत बस्ती निर्माणसँगै खानेपानी, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन तथा लैङ्गिक सचेतनाका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिएको महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम व्यवस्थापक कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । 

सिएसइबीको प्रयोगबाट निर्माण गरिने घर आफँैमा प्रतिरोधी रहेकाले इन्टरलकका कारण घर छिटो नभत्कने र उत्पादनका क्रममा प्रयोग गरिने सामग्रीको मात्रामा विशेष ध्यान दिन मेलम्ची नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले आग्रह गर्नुभयो । थाक्ले एकीकृत बस्ती विकास समितिका अध्यक्ष खिलबहादुर तामाङले दुई वर्ष अगाडिको सपना समुदायको अग्रसरता र सबैको मेहनतले सफल हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । 

परियोजनाले पहिलो चरणमा थाक्लेमा घर निर्माण गर्ने र इन्द्रावती गाउपाँलिकाको वडा नं ५ बाडेगाँउका माझी बस्तीमा पनि त्यहाँका विस्थापित परिवारलाई बस्ती निर्माणका लागि समन्वय भइरहेको संस्थाका कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिनुभयो । 

परियोजनाले बस्तीसँगै मानिसको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ विभिन्न समूहमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । इन्टरलक ब्लक बनाउने मेशिन बस्ती निर्माण सम्पन्नपश्चात समुदायलाई हस्तान्तरण गरिने र त्यहाँका मानिसले गाउँमै रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत राजेन्द्र चौलागाईंले बताउनुभयो । 

गिरानचौर एकीकृत नमूना बस्तीले मेलम्ची नगरपालिका १२ नं वडालाई चिनाउन सफल भएको वडाध्यक्ष रामबहादुर लामाले बताउनुभयो । 

बर्थिङ सेन्टरमा सुत्केरीको चाप 

हेलम्बू गाउँपालिकाका बर्थिङ सेन्टरमा आजभोलि सुत्केरीको चाप बढेको छ । बाल तथा मातृ मृत्युदर घटाउने लक्ष्यका साथ घरमै सुत्केरी हुनेको सङ्ख्यालाई कम गर्दै शून्यमा पुर्याउँदा मृत्यु घट्नसक्ने तथ्यको आधारमा आव २०७५/७६ को लागि हेलम्बू गाउँसभाले आफ्नो क्षेत्रभित्रको बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई नेपाल सरकारले दिने गरेको रु तीन हजार यातायात खर्चमा शतप्रतिशत थपिदिने र बर्थिङ सेन्टरसम्म जाँदा एम्बुलेन्स सेवा निःशुल्क गरेको तथा बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मीको व्यवस्था गरेको कारण बर्थिङ सेन्टरमा सुत्केरीको सङ्ख्या बढ्न थालेको हो । 

यही असोज ९ गते राति १:१५ मा इचोक स्वास्थ्यचौकी तीन केजीको बच्चा जन्माउनुभएकी बाटुली नेपालीलाई गाउँपालिकाले उपलब्ध गराएको यातायात खर्च तथा जन्म प्रमाणपत्र प्रदान गर्दै हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले घरमै हुने जोखिमलाई शून्यमा झार्दै निकट भविष्यमा हेलम्बू गाउँपालिकालाई फ्रि–होम डेलिभरी क्षेत्र घोषणा गर्न थप कार्यक्रम ल्याउने बताउनुभयो । 

बर्थिङ सेन्टरमा वेडिङ रुम बनाउने, जोखिमयुक्त गर्भवतीलाई रेफर गर्नुपरे निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने तथा नियमित भिडियो एक्स–रे सेवा उपलब्ध गराउने योजना सुनाउँदै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत सबैको सहयोग रहेकाले यो कार्यक्रम सफलतापूर्वक अघि बढ्दै चाँडै लक्ष्यमा पुग्न सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । 

गर्भ रहेको चौथो, छैठौँ, आठौँ र नवौँ महिनामा गर्भजाँच गराएको प्रमाणसहित वर्थिङ सेन्टरमै सुत्केरी भए थप रु ८०० सहित हेलम्बू गाउँपालिकाबाट सुत्केरी महिलाले रु छ हजार ८०० रकम, न्यानो झोला सेट पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द