२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँके जिल्लाका अधिकांश पक्की पुल जीर्ण

२०७५, ७ मंसिर शुक्रबार ०३:२५

मङ्सिर ७, बाँके (रासस) | बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् । 

सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करीब आधा दर्जन पुल जीर्ण भैसकेका छन् भने कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलको अवस्था पनि दयनीय छ । 

चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभरलगायत क्षेत्रका साना पुल जीर्ण भए पनि दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन गुडिरहेका छन् । पुलको क्षमताभन्दा बढी भारका सवारी साधनले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुलमा क्षति हुनसक्ने जोखिम उत्तिकै देखिएको छ । कोहलपुर जमुनाह सडकखण्डकासाना पुल (कल्भर्ड) पनि उत्तिकै जीर्ण छन् । 

सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल थोत्रा भइसक्दा पनि । यिनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनीसमेत मौन रहँदै आएको स्थानीयवासीको गुनासो छ । नेपालगञ्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचोक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कूल नजिकको पुल, टाँगा स्टेशनलगायत स्थानका साना पुल जीर्ण छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर सुरज शर्मा यस्ता धेरै पुलको आयु खस्किसकेकाले तत्काल मर्मत गर्न जरूरी भएपनि यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्योल भएको उल्लेख गर्नुहुन्छ । सडक डिभिजन कार्यालयले समयमै पुल मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको कारकाँदाका गोपाल केसी बताउनुहुन्छ । 

पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भारका सवारी साधान चल्न नहुनेमा यहाँ ४० टनसम्मका सवारी साधान चल्दा पनि त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने सम्भावना भएको छ, एक प्राविधिकले भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी