2026-08-29 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरद्धारा ४ महिनामा २२ लाख राजस्व संकलन

कमल रावल | मसिर ७, अछाम | अछामको मंगलसेन नगरपालिकाले ४ महिनाको अवधिमा २२ लाख बढि राजस्व संकलन गरेको छ । नगरले बिभिन्न शीर्षकमा चालु आर्थिक वर्षको ४ महिनामा २२ लाख ८५ हजार ३ सय ५२ रुपैया ४२ पैसा राजस्व संकलन गरेको हो । 

जस अन्र्तगत साउन महिनामा १ लाख २७ हजार ९ सय ९ रुपैया ५५ पैसा, भदौमा ४ लाख ८ हजार ७ सय १९ रुपैया ७१ पैसा, असोजमा ३ लाख ५० हजार १ सय रुपैयाँ ७२ पैसा, कातिक महिनामा १ लाख  ९६ हजार ४ सय ७६ रुपैयाँ ४४ पैसा र मंसिर महिनाको ६ दिनको अवधिमा ५० हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाको राजस्व फाँटका कर्मचारी दिपक खड्काले जानकारी दिनुभयो । 

तथ्यंक अनुसार भदौ र असोज महिनामा केही बढि राजस्व सँकलन भएको नगरले जनाएको छ । नगरपालिकाले आन्तरिक स्रोत, मालपोत तथा भुमिकर, मालपोत रजिष्टेशन कर, घर जग्गा बहाल कर गरि बिभिन्न २० वटा क्षेत्रमा कर लगाएर उक्त आम्दानी गर्न सफल भएको नगरपालिकाका कर्मचारी नरेश बहादुर कठायतले बताउनु भयो  । यो तथ्यंक नगरपालिका सहित वडानम्वर ३, ४ र ५  को मात्रै भएको र अन्य वडालाई नगदि रसिद उपलब्ध गराईएकाले राजस्व संकलनको अवस्था केही बढन सक्ने कठायतले बताउनु भयो । 

सबै नगरवासीलाई करको दायरामा ल्याउनका लागि नगरले सचेतना र जानकारी गराँउने काम पनि गरिरहेको नगर प्रमुख पदमबहादुर बोहराले बताँउनुभयो । नगर प्रमुख बोहराले अझैं पनी सबै क्षेत्रलाई करको दायरामा ल्याँन नसकिएको र निरन्तर प्रयास भईरहेको जानकारी दिनुभयो । बिशेषगरी पर्यटन शुल्क लगायत केही कुरामा आफुहरुले कर लिन नसकेको उहाँको बताँउनुभयो । हाल नगरले १४ वटै वडाबाट सेवा प्रवाह गरिरहेकाले कार्य ब्याबस्थान हुदै गएको दाबी गर्नुभयो । 

गत आर्थिक वर्ष २०७४÷०७५ मा ३१ लाखको हाराहारीमा मात्रै आन्तरिक आम्दानी गरेको मंगलसेन नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद जैशी (ढुंगाना) ले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पहिलो चार महिनाको आन्तरिक आम्दानीको अवस्थालाई हेर्दा लक्ष्यभन्दा बढी राजस्व शंकल हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो