2026-09-13 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासको पथमा लम्कँदै नेपालगञ्ज

मङ्सिर १५, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा सानाठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । 

“हामीले बजेटका आधारमा योजना छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको भनाइ छ । पक्की बाटो, ढल निकास, नाला, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार, रानीतलाउ पार्क, चिल्ड्रेन पार्कलगायतको संरचनाको जीर्णोद्धार र नयाँ निर्माणलगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ । 

त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगारसमबन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, उपप्रमुख उमा थापामगरको थप भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजनाका लागि वडा कार्यालयलाई नै जिम्मा दिइएको छ ।” 

उपमहानगरपालिकामा चार वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजनाअन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत् विस्तारको काम भइरहेको छ । यी योजनाबाट नेपालगञ्जको सडक चौडा भएका छन् भने वर्षायाममा हुने डुबान समस्याबाट पनि नेपालगञ्ज मुक्त भएको छ । 

“स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीले नगरको विकासका लागि ठोस काम केही गरेनन्, तर अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः हुँदै गएका छन्”, नगरप्रमुख डा धवलशमशेर राणाको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । सङ्घीय संरचनाको क्रममा थपिएका थप छ वडावासीको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो । कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दा कृषि पेशामै आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको वडाध्यक्ष शाह बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले