२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

२०७५, ४ पुष बुधबार १०:३२

पुस  ४, खस्यौली | मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् । 

“लगानीकर्ता साक्षर भएको अवस्था पनि छैन र अनलाइन कारोवार गर्ने विषयमा दलाल कार्यालयसँग सम्झौता भएको छैन’ दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश अधिकारीले भन्नुभयो । 

उहाँले शेयर दलाल कार्यालयलाई लगानीकर्ताले कारोवार गर्ने निश्चत रकमको केही प्रतिशत दलाल कार्यालयलाई बुझाउनुपर्ने झन्झटसमेत भएकाले पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुची कम देखिएको हुनसक्ने उल्लेख गर्दै अब केही समयपछि शुरु हुनसक्ने बताउनुभयो । 

एशियन सेक्युरिटिज प्रालि (२६) नम्बर बुटवल शाखाका पुष्पनिधि ढकालले पूर्ण स्वचालित अनलाइन प्रणालीको लागि केन्द्रीय निर्देशन पनि नभएको र लगानीकर्ताले निश्चित रकम अग्रिम बुझाउने विषयमा जानकारी नभएकाले सम्झौतामा समेत समस्या हुन सक्ने अनुमान गर्नुभयो । 

उहाँलु भन्नुभयो, “हामी भर्खरै आएर शेयर कारोवार शुरु गरेका छाँै यसले शेयरमा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर प्रविधिमैत्री हुन समय लाग्छ ।” शेयर बजारको साक्षरताका विषयमा काम गरिरहेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले नेप्सेले भित्र्याएको सफ्टवेयरले काम नगरेको कारण लगानीकर्ता बुटवलमा अनलाइन प्रणालीमा जानका नसकेको आरोप लगाउँदै यससम्बन्धी अभ्यास यहाँ नभएको बताउनुभयो । 

उहाँले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर आवश्यक भएकोमा जोड दिँदै शेयर बजार कारोवारको लागि सचेतना पनि बढाउँदै लैजानुपर्ने बताउनुभयो । लगानीकर्तालाई अनलाइनमार्फत शेयर कारोवार खुला गरिएको १० दिनमात्रै भएको छ । 

नेप्सेले युजर नेम र पासवर्ड दिए पनि बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइनमा इन्टिग्रेशन नभई अनलाइन प्रयोग प्रभावकारी हुन नसकेको बताइएको छ । अनलाइन प्रणालीमा जानका लागि लगानीकर्ताले शेयर दलाल कार्यालसँग सम्झौता गर्नुपर्छ । अर्थमन्त्री डा युवराज खतिवडाले कात्तिक २० गते पूर्ण स्वचालित अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी