2026-09-13 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी सडक विवाद सल्टाइयो

पुस १४, नेपालगञ्ज । बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । 

हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएको हो । 

प्रदेश नं ५ का सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह, वडा नं ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्यसमेतको उपस्थितिमा जग्गा अधिग्रहण, मुआव्जा र नक्साङ्कनका विषयमा सहमति कायम भएपछि विवाद साम्य भएको हो । 

सम्वाद समूहको पहलमा भएको सर्वपक्षीय सहमतिपछि अब निर्माणकार्यले गति लिने विश्वास गरिएको छ । विवाद नभएका क्षेत्रमा भने यसअघि नै सडकमा कालोपत्र गर्ने काम शुरु भइसकेको छ । 

हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माणकार्यलाई अविलम्ब सञ्चालन गर्ने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको जग्गा (व्यक्तिगत) फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआव्जा दिन लिखित सहमति गरिएको छ । 

नेपाल सरकारकै लगानीमा बन्न लागेको योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर विसं २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माणकार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ । बाँकेको हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कम्पनीको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति निर्माण कम्पनीको जिम्मा लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले