२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली कागज उद्योग सङ्कटमा

२०७५, २६ पुष बिहीबार ०९:२२

पुस २६, बनेपा | आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ । 

विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या भइरहेको सञ्चालक पुरुषोत्तम पौँजुले बताउनुभयो । करीब रु सात लाखमा त्यो बेलामा शुरु गरेको कागज उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ(लोक्ता) हिमाली क्षेत्रमा मात्रै पाइने र त्यहाँबाट ल्याउनलाई समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । “पहाडी जिल्ला इलाम, ताप्लेजुङ र दोलखालगायतका जिल्लाबाट कच्चा पदार्थ ल्याउनु पर्छ, उतै उत्पादन भएको ठाउँमा खपत भई बाँकी रहेको मात्रै हामीलाई पठाउने भएकाले भन्ने वेलामा कच्चा पदार्थ नै पाइदैन”, उहाँले भन्नुभयो, “पहिला ल्याएको सामान सकिन लाग्यो, अहिले अब अलिअलि भएको त्यही सामानले त्पादन गरिरहेका छौँ ।” 

उहाँका अनुसार एक ट्रक ल्याउँदा दुई तीन वर्षसम्मको लागि पुग्छ । “जिल्लास्थित घरेलु तथा साना उद्योगमा उद्योग नवीकरण गर्न जाँदा त्यहाँका प्रमुखले आवश्यक पर्ने कच्चा पदार्थको बारेमा बुझिदिउँला नि भनेर भन्नुभएको थियो, अहिलेसम्म केही प्रतिक्रिया आएको छैन”, पौँजुले भन्नुभयो । 

एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर पछिल्लो समयमा बाहिर देशबाट माग कम आएको कारण पनि उद्योग सञ्चालनमा समस्या पर्न थालेको सञ्चालक बताउँछन् । उद्योगमा वार्षिक रु दुई-तीन लाख कमाइ हुन्छ । सो उद्योगमा दिनको तीन कोरी निस्कन्छ । एक कोरीमा दुई २० वटा पत्र हुन्छ । बढीमा २० जनासम्म कामदारले काम गर्ने उद्योगमा अहिले पर्याप्त कच्चा पदार्थ नभएकै कारण कामदार कम हुँदै गएको जनाएको छ । अहिले १० जनामात्रै कामदारले काम गरिरहेको छ । 

यहाँ उत्पादन भएको कागज अमेरिकालगायतका देशमा निर्यात हुने सञ्चालक पौँजुले बताउनुभयो । “हामीले पाटनस्थित डिफ्रेण्ड इन्टर प्राइजेजलाई दिन्छौँ, त्यहाँबाट विभिन्न रङमा पुनः प्रशोधन गरी बाहिर निर्यात हुन्छ”, उहाँले भन्नुभयो । अझ अहिले त बाहिरबाट पनि मा नआएको कारण उत्पादन गरेर गोदाम गरी राखेको सञ्चालक बताउँछन् । उद्योगमा उत्पादनको काम घट्न थालेपछि कामदार पनि बस्ने कि जाने भन्ने दोधारमा रहेको बताएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो