2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

माघ ८, चौतारा | सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । 

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको उतm बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिनुभयो । 

मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाहा सुविधायुतm अत्याधुनिक हुनेछ । ५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ । 

सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग रु दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । शुरुमा २०६९ पुसमा २६ महीनामा सक्ने गरी रु एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो । 

विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई