2026-10-14 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १० वटै स्थानीय तहमा बैंक स्थापना

कमल रावल । फागुन २८, अछाम । अछामको चौरपाटी गाउँपालिकामा बैंकको शाखा स्थापना भएसंगै अछामका १० वटै तहमा बैंक स्थापना भएका छन् । देश संघीयतामा गएर स्थानीय तह अधिकार सम्पन्न भएसंगै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाको कार्य पूरा भएको हो । 

जिल्लाको चौरपाटी गाउँपालिकामा एक कार्यक्रमका वीच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बैंकको उद्धघाटन गर्नुभयो । सेन्चुरी बैंकका केन्द्रीय अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको उद्धघाटन गर्दै मन्त्री बोहराले जिल्लाका सबै स्थानीय तहमा अब बैंक स्थापनाको कार्य पूरा भएको र नागरिकलाई सहज सेवा दिन आग्रह गर्नुभयो । आफुले पनि जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाका लागि भूमिका खेलेको भन्दै जिल्लाका अन्य विकास निर्माणका कार्यमा पनि आफु सधैँ अग्रसर हुने बताउनु भयो । कार्यक्रमका बिशिष्ठ अथिति गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले बैंक स्थापना गरेकोमा धन्यवाद दिँदै बैंकले अब स्थानीयमा आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो । बैंकलाई स्थानीयका लागि आय आर्जन तथा उद्यम गर्नका लागि समेत सहयोग गर्न आग्रह गर्नुभयो । 

अछामका १० स्थानीय तह मध्ये नगरपालिका घोषणा हुन भन्दा पहिले नै जिल्लाका मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा बैंक स्थापना भैसकेका थिए । जस अनुसार मंगलसैनमा बाणिज्य, कृषि, महालक्ष्मी र जनता बैंक तथा साँफेबगरमा कृषि विकास बैंक रहेका थिए । हाल ती नगरपालिकामा अन्य बैंक समेत स्थापना भैसकेका छन् । यस्तै कमलबजार नगरपालिकामा प्रभु बैंक तथा पञ्चदेवल विनायक नगरपालिकामा माछापुच्छ्रे बैंक स्थापना भई सेवा प्रवाह भैरहेको छ । ६ वटा गाउँपालिकाहरुमा समेत बैंकिङ सेवा पूरा भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा नविल बैंक, ढकारी गाउँपालिकामा सिटीजन बैंक तथा रामारोशन गाउँपालिकामा नविल बैंकका शाखा स्थापना भई बैंकिङ कारोबार भैरहेको छ । 

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा सिभिल बैंक, मेल्लेख गाउँपालिकामा सेञ्चुरी बैंक र चौरपाटी गाउँपालिकामा सेन्चुरी बैंकको शाखा स्थापना भएका छन् । बैंकका शाखा ग्रामिण तहमा गएसंगै स्थानीयलाई बैंकिङ सेवा सहज रुपमा पाउन थालेका छन् । बैंकिङ कार्यका लागि बाहिर जानुपर्ने बाध्यता समेत हटेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश