२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्रसर उद्योगलाई कडाइ

२०७६, २१ बैशाख शनिबार ०५:२७

वैशाख २१, मेलम्ची (रासस) | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाभित्र अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गर्ने भएको छ । 

जिल्ला अनुगमन समितिको हालै बसेको बैठकले नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) कार्यविधि २०७५ विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएपछि सङ्कलन तथा निकासीकर्तालाई एक महीनाभित्र कार्यविधिबमोजिम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । कार्यविधिअनुसार क्रसर उद्योग सञ्चालन नभएमा कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ । साथै जिल्लाभित्रका नदीजन्य पदार्थको सङ्कलन र उपयोगमा संलग्न पालिकाको स्थानीय अनुगमन समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । 

प्रारम्भिक वातावरणीय प्रतिवेदन नगरेका जिल्लाका गाउँ तथा नगरपालिकाले आफ्नो मातहत इलाकामा प्राकृतिक स्रोत साधनको उपयोग, उत्खनन, बिक्री वितरण गरी राजश्व सङ्कलन गर्ने गरेको र अनुमतिबिनानै खानी सञ्चालन गरेको पाइएकाले उक्त कार्य प्रचलित कानूनबमोजिम गर्न आग्रह गरेको छ । साथै प्रारम्भिक वातावरणीय प्रतिवेदन तत्काल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पेश गर्न अनुरोध गरेको छ । 

बैठकले जिल्लाका इन्द्रावती, सुनकोशी, भोटेकोशीजस्ता नदीमा सवारी साधनमा मापदण्ड विपरीत जाली राखेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएकाले त्यस्ता कार्यले वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल सो कार्य बन्द गराउने निर्णय गरेको छ । 

सार्वजनिक सडक, पुल तथा महत्वपूर्ण स्थानमा नदीजन्य पदार्थ राखेको पाइएको भन्दै वैशाख २३ गतेभित्र हटाउन निर्देशन दिइएको छ । निर्देशन विपरीत त्यस्ता सामग्री राखिएको पाइएमा जफत गरी कानूनबमोजिम आवश्यक कारवाही गर्ने निर्णय भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ