2026-11-02 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्रसर उद्योगलाई कडाइ

वैशाख २१, मेलम्ची (रासस) | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाभित्र अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गर्ने भएको छ । 

जिल्ला अनुगमन समितिको हालै बसेको बैठकले नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) कार्यविधि २०७५ विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएपछि सङ्कलन तथा निकासीकर्तालाई एक महीनाभित्र कार्यविधिबमोजिम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । कार्यविधिअनुसार क्रसर उद्योग सञ्चालन नभएमा कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ । साथै जिल्लाभित्रका नदीजन्य पदार्थको सङ्कलन र उपयोगमा संलग्न पालिकाको स्थानीय अनुगमन समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । 

प्रारम्भिक वातावरणीय प्रतिवेदन नगरेका जिल्लाका गाउँ तथा नगरपालिकाले आफ्नो मातहत इलाकामा प्राकृतिक स्रोत साधनको उपयोग, उत्खनन, बिक्री वितरण गरी राजश्व सङ्कलन गर्ने गरेको र अनुमतिबिनानै खानी सञ्चालन गरेको पाइएकाले उक्त कार्य प्रचलित कानूनबमोजिम गर्न आग्रह गरेको छ । साथै प्रारम्भिक वातावरणीय प्रतिवेदन तत्काल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पेश गर्न अनुरोध गरेको छ । 

बैठकले जिल्लाका इन्द्रावती, सुनकोशी, भोटेकोशीजस्ता नदीमा सवारी साधनमा मापदण्ड विपरीत जाली राखेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएकाले त्यस्ता कार्यले वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल सो कार्य बन्द गराउने निर्णय गरेको छ । 

सार्वजनिक सडक, पुल तथा महत्वपूर्ण स्थानमा नदीजन्य पदार्थ राखेको पाइएको भन्दै वैशाख २३ गतेभित्र हटाउन निर्देशन दिइएको छ । निर्देशन विपरीत त्यस्ता सामग्री राखिएको पाइएमा जफत गरी कानूनबमोजिम आवश्यक कारवाही गर्ने निर्णय भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द