2026-08-29 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिकाद्धारा १६ वटा गौरबका योजना सहित अर्थमन्त्रि बोहरालाई मागपत्र पेश

कमल रावल | बैशाख २९, अछाम | मंगलसैन नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारलाई १६ वटा गौरबका योजनामा बजेट माग गरेको  छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट  बहादुर बोहरा गृहजिल्ला अछाम आएको मौकामा नगरले १६ वटा गौरबका योजनाका लागि माग पत्र पेश गरेको हो । 

आगामि आर्थिक बर्षमा प्रदेश सरकारबाट विनियोजन हुने बजेटमा नगर र  जिल्लाकै गौरबका बिभिन्न  १६ योजनाका लागि कार्यबाहक नगरप्रमुख सरिता उपाध्यायले अनुरोधपत्र अर्थमन्त्रि बोहरालाई बुझाउनु भयो । अनुरोधपत्रमा मंगलसैन–कुन्ती–लोडेघाट सडक, मंगलसैन–बान्नातोलि–रामारोशन पर्यटन सडक, जिल्ला अस्पतालको आधुनिकरण र भौतिक विकास, पर्यटकिय स्थलको विकास एवं प्रबद्र्धन, अछाम क्याम्पसको बृद्धिविकास, मंगलसैन नगरपालिका भीत्र खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजनाका लागि बजेट  दिनुपर्ने उल्लेख छ । 

यस्तै कृषिमा आधुनिकरण, मंगलसैन नगरभीत्रका १० वटै माविको भौतिक सुधार र प्राविधिक शिक्षाको ब्यावस्था, एक हजार जना अटने सभाहल निर्माण, कर्भडहल र क्रिकेट मैदान  निर्माण, मंगलसैन बजारमा सौर्यस डकबत्ति जडानको योजनाका लागि बजेट माग गरिएको छ । यसैगरि मालिका क्षेत्रमा भ्यू टावर निर्माण, अयरबण्ड क्षेत्रमा पिकनिक स्पोर्ट र पार्क निर्माण, खुल्लामञ्चमा प्याराफिट निर्माण, मंगला प्राविधिक शिक्षालयमा भवन निर्माण, मंगलसैन ३,४ र ५ मा कैलाशखोलाबाट लिफ्ट प्रणालीबाट खानेपानी बिस्तारको योजनामा बजेट उपलब्ध गराईदिन अनुरोध गरिएको छ ।  

अनुरोधपत्र ग्रहण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बोहराले मागहरु सम्बोधनका लागि आफुले पहल गर्ने बताउनु भयो । जिल्लामै अति आवश्यक जिल्ला अस्पतालको विकास र नगरपालिकाका भित्र समस्याको रुपमा रहेको खानेपानी समस्या पुर्ति गर्ने आश्वासन समेत  दिनुभयो । प्रदेश देखि संघीय सरकारमा पनि आवश्यक योजनाहरु पेश गर्नु पर्ने भन्दै मन्त्री बोहराले पञ्चवर्षिय योजनाका साथ अघि बढने भएकाले सबै क्षेत्रको सुझाब सल्लाह सहित अगाडी बढिरहेको जानकारी गराउँनुभयो । 

नगरपालिकाका जनप्रतिनीधी, कर्मचारी बिच गरिएको छलफलमा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, लेखा अधिकृत दिपक भण्डारी, अर्थमन्त्रि बोहराको स्वकिय सचिव आदर्श साउद, पँकज शाह लगाएतको उपस्थिीती रहेको थियो । कार्यक्रमको संञ्चालन नरेश बहादुर कठायतले गर्नु भएको थियो । त्यसअघि मन्त्रि बोहराले नेपाल कम्युनिष्ट पार्टिको कार्यालयमा पार्टि कार्यकर्ता भेटघाट, समन्वय समितीमा सबै स्थानिय तहका जनप्रतिनीधी र कर्मचारीसँग साक्षात्कार गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो