By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल-भारत एकीकृत जाँच चौकी निर्माण: अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बाँके - BNK > नेपाल-भारत एकीकृत जाँच चौकी निर्माण: अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो
अर्थ/विकासबाँके - BNK

नेपाल-भारत एकीकृत जाँच चौकी निर्माण: अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो

साझासवाल
Last updated: May 24, 2019 7:33 am
साझासवाल
4 Min Read
Share

नीरज गौतम | जेठ १०, बाँके | बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत जाँच चौकी (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणमा ढिलाइ भइरहेको छ । 

एकीकृत जाँच चौकी निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुगे पनि खासै प्रगति भएको पाइँदैन । आठ वर्षअघि सो क्षेत्रमा जाँच चौकी निर्माणको योजना तयार गरी काम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबारबाहेक खासै प्रगति भएको पाइँदैन । “अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो, यस्तो पाराले बन्ने छाँट देखिँदैन”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको चिन्ता छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सो जाँच चौकी निर्माणका लागि करीब ९२ बिगाहामा जमीन अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिगाहामा कार्यालय, गोदामलगायतका संरचना निर्माण हुने र २४ बिगाहा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना कार्यान्वय इकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यहाँ केही कार्यालय संरचनाहरु निर्माण गरिदिएका छौँ, त्यसबाहेक अरू खासै काम भएको छै्रन ।”

जाँच चौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारका तर्फबाट हुने दुबै देशबीच सम्झौता भएको थियो । अहिले भारत सरकारले आफ्नो क्षेत्रमा भने एकीकृत जाँच चौकीको संरचना निर्माण प्रक्रिया शुरु गरेको बताइएको छ ।  

सो एकीकृत जाँच चौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी–व्यापारीहरुको बुझाइ छ । जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने गरी डिजाइन गरिएको इञ्जिनीयर भुसालले बताउनुभयो । 

अर्कोतर्फ बाँके जिल्लाको कोहलपुरसम्म भारतीय रेल ल्याउने योजना पनि छ । भारतबाट आउने रेल पनि एकीकृत जाँच चौकीको सेवा प्रवाहसँग जोडिनेछ । जाँच चौकी निर्माण भएमा नेपाल र भारतबीच हुने वस्तु आयात निर्यातमा धेरै ठूलो सहजता आउने र भन्सारको काम पनि प्रभावकारी तथा व्यवस्थित हुने नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न यो एकीकृत जाँच चौकी कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । तर ढिलो गरी गरिने कामले योजनाअनुसार प्रतिफल दिँदैन भन्नेतर्फ राज्य गम्भीर हुनु पनि उत्तिकै आवश्यक छ । 

छाडा चौपाया व्यवस्थापनको चुनौती

नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन, गल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ । 

केही समयअघि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको आग्रह नेपाली सेनाले नमानेपछि नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारबार गरी चौपाया थुन्ने गरिएको उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईंले बताउनुभयो ।

नेपालगञ्जको फुलटेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि सो स्थानमा खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको उहाँले बताउनुभयो । तर यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुन सक्छ ?”, नगरप्रमुख डा धवलशम्शेर राणाको प्रश्न छ । 

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । बर्सात शुरु हुने समयमा खच्चर कारोवारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन् बल्झिएको छ । 

केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या अचाक्ली बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कन्चनपुरमा प्रहरीद्वारा वडाध्यक्ष कुटिएपछि स्थानीयको विरोध
Next Article प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अछाम - ACMअर्थ/विकासकन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLडडेलधुरा - DDLडोटी - DTदार्चुला - DCLबझाङ्ग - BJNबाजुरा - BJR

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

57 years ago
अर्थ/विकाससुर्खेत - SKT

ब्यवसायिक बन्दैं सुर्खेतका एकल महिला

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMसुर्खेत - SKT

कर्णाली सरकारले तीन महिने नीति तथा कार्यक्रम ल्याउदै

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

मलेसिया, साउदी, कतार, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?