2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर : छ करोडको लागतमा सडक विस्तार शुरु

जेठ १४, भक्तपुर । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो ।

 सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा हिजो सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा पछाडि परेको भक्तपुरमा विकासको मूल फुटेको र सिङ्गो भक्तपुर मानसरोवर रहेको बताउनुभयो । 

बस्नेतले भन्नुभयो, “भक्तपुरको विकासले मुहार फेर्न शुरु गरेको छ, अरनिको राजमार्गसँग जोड्ने १३ भित्री सडक विस्तार भइरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हँुदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुँदैछ, पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।”

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको कार्यक्रम भक्तपुरमा शुरु हुनलागेको बताउँदै खानेपानीको अभावसमेत मेट्ने गरी विकासका लागि आफू लागिपरेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुरमा पनि विकासमा पछाडि परेको सूर्यविनायकमा जनप्रतिनिधि आएसँगै विकासको लहर आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई