२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीचमै रोकियो भक्तपुरको महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण

२०७६, १० असार मंगलवार ०५:१६

रमेश गिरी, असार १०, भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोडको ठेक्का आह्वान गरेको थियो । बोलपत्र आह्वानबमोजिम पिएस गोल्डेनगुड समानान्तर जेभीले ठेक्का सम्झौता गरी विसं २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरेको थियो । 

पहिलो चरणको निर्माणकार्य ५५ प्रतिशत सम्पन्न भइसकेको र पहिलो चरणको काम छिट्टै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणकार्य अगाडि बढेपनि अहिले बीचमै काम रोकिँदा समस्या आएको पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताउनुभयो ।

भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि गरी जिल्लाको चारवटै नगरपालिका भएर बग्ने बाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको हनुमन्ते करिडोर पहिलो चरणमा रोकिएको हो । 

मध्यपुरथिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माणकार्य पुगेपछि प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय डा राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले हनुमन्ते करिडोरको काम तत्काल रोक्न र कुनै काम अगाडि नबढाउन निर्देशन गरेपछि निर्माणकार्य अवरुद्ध भएको हो ।

यसबारेमा जानकारी लिन खोज्दा डा श्रेष्ठले भन्नुभयो, “सिमाङ्कनको समस्या रहेको जनताबाट गुनासो आएपछि हामीले हनुमन्ते करिडोर निर्माण रोकेका हौँ, मलाई गोली ठोकिदिन्छु भनेर धम्क्याएका छन् रे, म केही दिनमा पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्छु ।” 

नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक, नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढेको थियो । यद्यपि मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर वर्षौँदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काउने भएपछि भू–माफियाको चलखेलमा हनुमन्ते करिडोर बीचमै रोकिएको स्थानीयवासीको भनाइ छ ।

राधेराधेबाट विनाअवरोध निर्माण हँुदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिनु र नगरपालिकाले तयार पारेको नक्साअनुसार ब्लक कारखानाले पर्खाल लगाएर हडपेको सात रोपनी जग्गा झिक्न पर्खाल भत्काउने भएपछि निर्माणमा अवरोध आएको आयोजनाको भनाइ छ ।

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गा धनी, राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित भएको पटक–पटकको छलफलमा ‘ल्याण्डपुलिङ’को माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो ।

सहमतिअनुसार नै मध्यपुरथिमि नगरपालिकाले तयार पारेको नक्साको आधारमा नदीको बहाव व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमति भएको थियो । सांसद महेश बस्नेतले करिडोर निर्माणअन्तर्गत ‘रिटेनिङ वाल’ लगाउने, नदीका दुवै किनारामा आठ मिटरको पक्की सडक निर्माण गर्ने, सडक किनारामा हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने गरी करिडोर निर्माण शुरु भएको बताउँदै यो रोकिँदा भक्तपुरको विकास रोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सानो प्रयासले आएको योजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो ।” भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउन, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा लैजाने योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण पुनः अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । 

 यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले लामो समयदेखि हनुमन्ते नदीको धार परिवर्तन र सीमाबारेमा रहेको विवादलाई जग्गा धनीका प्रतिनिधि, राजनीतिक व्यक्तित्व र दुवै नगरपालिकाका प्रमुख बसेर समस्या समाधान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमन्ते करिडोर भक्तपुरको भाग्य हो, यसलाई सार्वजनिक जग्गा कब्जामा लिएर खानेहरु अहिले तिलमिलाएका छन्, त्यस्ताले हनुमन्ते करिडोर रोक्न खोजिरहेका छन्, अब धेरै समय रोक्न सक्दैनन् ।”

दुई नगरपालिकाको सहमतिअनुसार नै दीर्घकालीन समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै उहाँले यो रोकिँदा बाढी र डुबानको समस्या आए त्यसको जिम्मेवारी रोक्नेहरुले लिनुपर्ने बताउनुभयो ।

यता मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते करिडोर निर्माणसँगै गत वर्षजस्तो डुबानको समस्या अन्त्य हुने आशा राखिएको बताउँदै करिरोड निर्माणमा विवाद झिकेर विकास रोक्नुको औचित्य नरहेको बताउनुभयो । बाग्मती नदीको सहायक नदीका रूपमा बग्ने हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै जाँदा वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो ।

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबै जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्वबीच सहमति भएर अगाडि बढेको काम रोक्न खोज्नु दुर्भाग्य भएको बताउनुभयो ।  उहाँले बालकोटका पीडित जग्गाधनीको समस्याको सम्बोधन गरेको बताउँदै काम सञ्चालन गर्न नदिए वर्षाका विपत्ति जनताले भोग्नुपरे त्यसको जिम्मेवारी आयोजना रोक्नेले लिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो